२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतमा निर्माणाधीन घर भत्किँदा ७ जनाको मृत्यु

निर्माणाधीन भवन भत्किएर च्याप्दा बुधबार भारतको उत्तरी क्षेत्रमा चार जना मजदुरको मृत्यु भएको छ।

दशगजामा निर्माण गरेको पक्की सडक भत्काउन भारतको निर्देशन

भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन्।

भारतको बजेट साढे २१ लाख करोड

भारतका वित्तमन्त्री अरुण जेट्लीले बुधबार अपरान्ह भारतको संसद समक्ष आर्थिक वर्ष २०१७/१८ को बजेट पेश गरेका छन्।  कुल २१ दशमलव ४७ लाख करोडको भारतीय आर्थिक वर्ष २०१७/१८ को बजेटले विशेष गरी गरिब, मध्यम वर्ग, किसान, ग्रामीण क्षेत्र लगायतलाई महत्व दिएको छ।

'भारत र चीन हाेइन, नेपालपरस्त भएर काम गरेका छाैं'

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अाफूहरू भारत र चीन परस्त नभर्इ नेपालपरस्त भएर काम गरिरहेकाे बताएका छन्। छिमेकी मुलुकसित सम्बन्ध विस्तार र वैदेशिक रोजगारीमा रहेका नेपालीको हित र सुरक्षा गर्ने विषयलार्इ आफूहरुले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भारत वा चीनपरस्त भएर सरकार चलेको भन्ने टिप्पणीमा विश्वास नगर्न उनले आग्रह गरे।

भारतमा इन्जिनियरिङ पढाइमा कडाइ, हजारौं नेपाली प्रभावित हुने

भारत सरकारले मेडिकलमा जस्तै इन्जिनियरिङ अध्ययनअघि पनि परीक्षा दिनुपर्ने नयाँ मापदण्ड लागू गर्ने भएको छ। इन्जिनियरिङमा भर्ना हुँदा र पढाइ सकेपछि पनि सरकारी परीक्षा दिनुपर्ने नयाँ प्रावधान भारत सरकारले आगामी शैक्षिक सत्रदेखि लागू गर्न लागेको हो।

भारतले हुलाकी राजमार्गको पहिलो किस्ता दियो

ठेक्का प्रक्रिया पूरा भइसक्दा पनि आवश्यक रकमको जोहो हुन नसकेको हुलाकी राजमार्ग निर्माणका लागि भारतले पहिलो किस्ताको रकम नेपाललाई उपलब्ध गराएको छ। पहिलो चरणमा २ सय ९९ किलोमिटर सडक निर्माण गर्न भारतले २४ करोड ९७ लाख १० हजार ६ सय ९८ रुपैयाँ हस्तान्तरण गरेपछि अब हुलाकी राजमार्गले गति लिने अपेक्षा गरिएको छ।

भारतद्धारा शृंखला बराबरी

तीब्र गतिका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले आइतबार दोस्रो ट्वान्टी–२० क्रिकेटमा इङ्ल्यान्डलाई ५ रनले पराजित गर्दै ३ खेलको शंृखलामा १–१ को बराबरी गरेको छ। १ सय ४५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डलाई अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक थियो। तर, जसप्रित बुमराहले २ रन दिएर २ विकेट लिएपछि इङ्ल्यान्ड निराश बनेको हो।

भारतको प्रख्यात फेसन सोमा उत्रिँदै अन्जली लामा

एउटा भनाई छ- सफलता प्राप्त गर्न आत्मविश्वास र लक्ष्य सही हुनुपर्छ। त्यही आत्मविश्वास र सही लक्ष्यले एक तेस्रो लिङ्गी नेपालीले सफलता हात पारेकी छन्। मोडलिङ बजारमा भारतको 'लेक मी फेसन विक' प्रख्यात मानिन्छ। सोही फेसन विकको र्‍याम्पमा अन्जली लामा उत्रिने भएकी छन्, एक तेस्रो लिङ्गीको पहिचानसहित। उनले भारतीय फेसन जगतमा पहिलोपटक तेस्रो लिङ्गीको रुपमा आफूलाई उभ्याएउने छिन्।

प्रतिबन्धित भारुको समस्या हल गर्न भारतीय टोली आउँदै

प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न भारतीय टोली नेपाल आउने भएको छ। रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) को उक्त टोलीले नेपाल राष्ट्र बैंकका उच्च अधिकारीलाई भेट गरी प्रतिबन्धित भारुको समस्या समाधान गर्ने भएको छ।

नेपालको अापत्ति बेवास्ता गर्दै भारतले बनायो दसगजामै पक्की सडक

अन्तरार्ष्ट्रिय मान्यताविपरित भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ।

भारतीय ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु

पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको गएराति मृत्यु भएको छ. दुईजना गम्भीर घाइते भएका छन्।

हिमपहिरोमा १४ भारतीय सेनाको मृत्यु

भारत अधिनस्थ काश्मिरको हिमालय क्षेत्रमा अवस्थित भारतीय सैनिक चौकीहरुमा गएको हिमपहिरोमा परी ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या १४ पुगेको छ। हिमालय क्षेत्र काश्मिरमा भारत र पाकिस्तान छुट्टाउने सीमा रेखामा उच्चस्तरमा सैनिक तैनाथ गरेको स्थानमा सो हिमपहिरोबाट प्रभावित भएको जनाइएको छ।

भारतद्वारा महोत्तरीमा दशगजा मिचेर सडक निर्माण

भारतीय पक्षले महोत्तरीको सिमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको छ।

नेपाल–भारत दुःख, सुखका साथी : राजदूत राय

नेपालका लागि भारतीय राजतदूत रणजित रायले नेपालसँगको सम्वन्ध अटुट र अनन्त रहने बताएका छन्। उनले नेपाल–भारत सम्वन्ध राजनीतिक मात्र नरहेको समेत प्रष्ट पारे।

भारत जोड्ने 'ब्रोडगेज' रेलमार्ग निर्माणमा ढिलाई

जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको काम विभिन्न कमजोरीका कारण समयमा हुनसकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्