२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

भारतद्धारा शृंखला बराबरी

नागपूर- तीब्र गतिका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले आइतबार दोस्रो ट्वान्टी–२० क्रिकेटमा इङ्ल्यान्डलाई ५ रनले पराजित गर्दै ३ खेलको शंृखलामा १–१ को बराबरी गरेको छ। १ सय ४५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डलाई अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक थियो। तर, जसप्रित बुमराहले २ रन दिएर २ विकेट लिएपछि इङ्ल्यान्ड निराश बनेको हो।

३८ बलमा ३८ रन जोडेका जोए रूटलाई बुमराले २० औं ओरभको पहिलो बलमा एलबिडब्लु आउट गरेका थिए। बुमराहले चौंथो बलमा १५ रन बनाएका जोस बटलरलाई बोल्ड गरे। अन्तिम २ बलमा मोइन अली र क्रिस जोर्डनले रन जोड्न नसक्दा इङल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र जोड्न सक्यो। भ्रमणकारी टोलीका बेन स्टोकले ३८ र इयान मोर्गानले १७ रन जोडे।

भारतका आशिष नेहेराले २८ रन दिएर ३ विकेट लिए भने बुमराहले २० दिएर २ विकेट हात पारे। अमित मिश्राको नामा १ विकेट रह्यो।

त्यस अघि ओपनर लोकेश राहुलले ४७ बलमा ६ चौका र २ छक्कासहित ७१ रन बनाएपछि टस हारेर ब्याटिङ निम्त्याइएको भारत निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रनको योगफल खडा गरेको थियो।  भारतका मनिष पान्डेले ३० तथा कप्तान विराट कोहलीले २१ रनको योगदान दिए।

इङल्याण्डका क्रिस जोर्डनले २२ रन दिएर ३ विकेट लिए भने टेमल मिल्स , एडिल रसेल र मोइन अलीले १/१ विकेट लिए। बुमराह म्यान अफ दि म्याच घोषित भए। तेस्रो तथा अन्तिम ट्वान्टी–२० फेबु्रअरी १ मा बेङलोरमा हुनेछ।

 

प्रकाशित: १८ माघ २०७३ ०४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App