२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतीयले खोजे कालोधन नभित्रिने प्रतिबद्धता

प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) बाट मंगलबार नेपाल आएको टोली यहाँ रहेका उक्त दरका भारु नोट साट्न सकारात्मक देखिए पनि भ्रष्टाचार र कालोधन नआउने प्रतिबद्धता खोजेको छ।

नयाँ भारतीय राजदूतमा मन्जिव सिंहको नाम प्रस्ताव

नेपालका लागि नयाँ भारतीय राजदूतमा मन्जिव सिंह पुरीको नाम प्रस्ताव भएको छ। भारतीय विदेश मन्त्रालयले उनको नाम नेपालका लागि राजदूतमा प्रस्ताव गरेको उच्च स्रोतले जनाएको छ।

भारतीय दूतावास २८ बर्षपछि राजदूतविहीन

भारतीय राजनीतिज्ञ र विदेश मन्त्रालयबीच समझदारी बन्न नसक्दा करिब तीन दशकपछि नेपालस्थित भारतीय दूतावास राजदूतविहिन हुने भएको छ। भारतीय राजदूत रञ्जित रे आफ्नो ३ वर्ष ६ महिनाकोे कार्यकाल सकी बुधबार स्वदेश फर्कंदै छन्। उनको कार्यकाल मंगलबार सकिएको छ। रेले मंगलबार नै भारतको विदेश सेवाबाट समेत अवकाश प्राप्त गरेका छन्।

भारुको समस्या हल गर्न भारतीय टोली आज आउँदै

प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न भारतीय टोली मंगलबार (आज) नेपाल आउने भएको छ। रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) को उक्त टोलीले नेपाल राष्ट्र बैंकका उच्च अधिकारी भेटेर प्रतिबन्धित भारुको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।

मोर्चाले गर्‍यो भारतीय राजदूतको बिदाइ

मधेसी मोर्चाले कार्यकाल सकेर स्वदेश फर्कन लागेका भारतीय राजदूत रन्जित रेको बिदाइ गरेको छ। मोर्चाले शनिबार साँझ र्‍याडिसन होटलमा राजदूतको बिदाइ कार्यक्रम राखेको थियो। कार्यक्रममा तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीलगायतका नेता उपस्थित थिए।

भारत सधैँ नेपालको विकासको पक्षमा: राजदूत राय

नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारत सधैँभरि नेपालको आर्थिक, सामाजिक र साँस्कृतिकलगायत विभिन्न पूर्वाधार विकासको पक्षमा रहेको बताएका छन्।

भारतले हटायाे अतिरिक्त शुल्क, नेपाललार्इ राहत

भारतीय नाका हुँदै तेस्रो मुलुकबाट नेपाल ल्याइने सामानमा लगाइने साढे चार प्रतिशत रकममा भारतीय पक्षले छूट दिने भएको छ। कोलकोतास्थित नेपाली वाणिज्य दूतावासले यस्तो जनाकारी दिएकोे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतीय राजदूतको बिदाइमा मधेसी दलको अलग-अलग कार्यक्रम

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै तराई–मधेस बन्द गर्ने तराई मधेस केन्द्रित दलले भारतीय राजदुत रञ्जित रेको भव्य बिदाइ समारोह आयोजना गर्दैछन्।

भारतीय 'हाई प्रोफाइल' अभियुक्त नेपाल हुँदै भाग्ने आशंका

भारतीय रक्षा मन्त्रालयका गोप्य दस्ताबेज चोरेको आरोपमा निगरानीमा रहेका अभियुक्त सञ्जय भण्डारी नेपाल भएर भाग्नसक्ने आशंकामा त्यहाँको केन्द्रीय अन्वेषण ब्युरो (सिबिआई) ले नेपाली पक्षलाई औपचारिक आग्रह गर्ने तयारी गरेको छ।

भारत भ्रमणका लागि १९ सदस्यीय क्रिकेट टोली घोषणा

भारतमा खेलिने अभ्यास खेलका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ। टोलीका प्राविधिक विश्लेषक रमन शिवाकोटीका अनुसार भारत भ्रमणमा कप्तान पारस खड्का रहने छैनन्।

चर्चित भारतीय हिरोइन बलात्कृत, तीन पक्राउ

भारतको दक्षिणी राज्य करेलामा भारतीय प्रहरीले प्रख्यात अभिनेत्री माथि बलात्कारको अभियोगमा संलग्न भएको आरोपमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ।

भारतीय सुरक्षाकर्मीको अवरोधले कल्भर्ट निर्माण रोकियो

कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारको बसईतर्फ जाने बाटोमा निर्माण भइरहेको कल्भर्ट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ।

भारतीय कम्पनीसँग फास्ट ट्र्याकको डिपिआर किन्न सुझाव

काठमाडौँ र तराई मधेस जोड्ने दू्रत मार्ग (फास्ट ट्र्याक) निर्माणका सम्बन्धमा सुझाव दिन गठित उच्चस्तरीय समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ।

आधा किलोको सुनको बला लगाउने भारतीय विमानस्थलमा पक्राउ

डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन्।

डबल्समा भारतीयलाई सफलता

भारतीय जोडीले नेपाल आइटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ को महिला पुरुष डबल्स उपाधि जितेको छ। शुक्रबार भारतका आदित्य ऐयर र पीयूष सुरेन्द्र सलेकरले आफ्नै देशका गुञ्जन जाधव र अथर्व शर्माको जोडीलाई ७–६(१३), ७–५ ले पराजित गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्