२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘भारतपरस्त’ आरोप खण्डन गर्न पार्टी भित्रैबाट भट्टराईलाई चुनाैती

निःसर्त स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्ने तथा पार्टी÷ नेतृत्वमाथि लाग्दै आएको ‘भारत परस्त’ को आरोपलाई व्यवस्थित खण्डन गर्नुपर्ने माग गर्दै असन्तुष्ट पक्षले संयोजक बाबुराम भट्टराईविरुद्ध नयाँ शक्ति नेपाल पार्टीमा फरक मत दर्ता भएको छ।

भारतका नेपाली व्यवसायीले नेपालमा सय करोड लगानी गर्ने

भारतमा रहेका नेपाली व्यवसायीले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा रु १०० करोड लगानी गर्ने भएका छन्। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजले त्यसको सुरुआत एक अर्ब रुपैयाँको लगानीमा बर्दिया राष्ट्रिय निकुञ्जमा सुविधासम्पन्न तारे रिर्सोट निर्माण गर्ने जानकारी दिएको छ।

अमेरिकामा फेरि भारतीय नागरिकको हत्या

अमेरिकामा फेरि एक भारतीय नागरिकको हत्या भएको छ। वासिङटनको केन्ट सहरमा मास्क लगाएका एक 'आफ्नो देश फर्क' भन्दै ४३ वर्षिय हारनिस् पटेल माथि गोली प्रहार गरेका थिए। पटेलले अमेरिकामा व्यवसाय गर्दै आएका थिए।

लियोनको ८ विकेटले भारत थच्चियो

अफ स्पिनर नाथन लियोनले करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेट लिएपछि भारतविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलियाले राम्रो शुरुआत गरेको छ। लियोनले ५० रन दिएर ८ विकेट लिएका थिए, जुन भारतीय भूमिमा भ्रमणकारी बलरले गरेको सबैभन्दा राम्रो प्रदर्शन हो।

नेपाल–भारतबीच आर्थिक विकास र सहयोगसम्बन्धी गोष्ठी

नेपाल र भारतको आर्थिक विकास र सहयोगसम्बन्धी तीन दिने गोष्ठी सिमराको होटल इच्छामा शुक्रबार बेलुकादेखि शुरु भएको छ।

भारतमाथि जित्नैपर्ने दबाब

पुनेमा सम्पन्न पहिलो टेस्टमा अस्टे्रलियासँग फराकिलो हार बेहोरेपछि भारत दबाबमा परेको स्टिभ स्मिथको भनाइलाई भारतीय कप्तान विराट कोहलीले खण्डन गरेका छन्। कोहलीले त्यसलाई ‘माइन्ड गेम’ को संज्ञा दिदै दोस्रो टेस्टमा त्यही प्रदर्शन नदोहोरिने बताए।

पश्चिम भारतमा सडक दुर्घटनामा सत्र जनाको मृत्युृ

पश्चिम भारतको राजस्थानमा शुक्रबार जिप र ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा तीन महिलासहित १७ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ।

भारत पुगेका गोही फर्कँदैनन्

सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको सङ्ख्या बढाउनका लागि एक हजार २२६ वटा गोही विभिन्न नदीमा छाडिएको छ।

नेपालको चुनावप्रति भारत असन्तुष्ट छैनः राजदूत उपाध्याय

भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपालको चुनाव बारे  भारतको कुनै पनि असन्तुष्टि नरहेकोे दाबी गरेका छन्।

पाँच सय र हजारका भारु नाेट साट्न भारत तयार

भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतले केही समय अघि प्रतिबन्धित गरेका ५०० र १००० दरका नोटहरुको नेपालले सटही सुविधा प्राप्त गर्ने बताएका छन्। नेपालमा प्रचलित ठूला दरका भारु नोटहरुको सटहीका लागि नेपाल राष्ट बैंक र भारतीय रिजर्भ बैंकले आवश्यक मोडालिटी तयार गरी सटहीको टुंगो लगाउने उनले बताए।

राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय वित्तमन्त्री जेट्लीको भेट

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल भ्रमणमा रहेको भारतीय वित्तमन्त्री अरुण जेट्लीले छुट्टाछुट्टै भेट गरेका छन्। दोस्रो पटक नेपालले बिहीबारदेखि काठमाडौंमा आयोजनाको गरेको नेपाल लगानी सम्मेलनको निम्तो मान्न बिहीबार अपरान्ह नेपाल आएका वित्तमन्त्री जेट्लीले साँझ शितल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।

लगानीका लागि नेपाल उपयुक्त गन्तव्यः भारतीय वित्तमन्त्री जेट्ली

भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत् आर्थिक सम्भावना बोकेको नेपालमा लगानीका उपयुक्त अवसर रहेको बताएका छन्। उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा बिहीबारदेखि काठमाडाैंमा सुरु भएको दुईदिने ‘नेपाल लगानी सम्मेलन’मा विशेष सम्बोधन गर्दै उनले भारतले आर्थिक रुपमा सबल नेपाल देख्न चाहेको बताए।

भारतका वित्तमन्त्री जेट्ली काठमाडाैंमा, राष्ट्रपति र प्रधानमन्त्रीलार्इ अाजै भेट्ने

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको मैत्रीपूर्ण निमन्त्रणामा भारतका वित्तमन्त्री अरुणकुमार जेट्ली नेपालको दुईदिने औपचारिक भ्रमणमा बिहीबार अपराह्न नेपाल अाइपुगेका छन्।

भारतीय राजदूतमा पुरी सिफारिस

भारतले नेपालका लागि नयाँ राजदूतमा मन्जितसिंह पुरीलाई सिफारिस गरेको छ। नेपाल सरकारले उनको एग्रिमो स्वीकृत गरेपछि उनी कार्यभार सम्हाल्न केही सातापछि काठमाडौं आउनेछन्। राजदूत रन्जित रे साढे तीनवर्षे कार्यकाल सकेर बुधबार स्वदेश फर्केका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्