१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

काबुलमा आत्मघाती हमला, कम्तीमा ८ जनाको मृत्यु

आत्मघाती बम विष्फोटमा परी अफगानिस्तानमा कम्तीमा ८ जनाको मृत्यु भएको छ। अफ्गानिस्तानको राजधानी काबुलमा जम्मा भएका मुस्लिम समुदायका मानिसहरुलाई लक्षित गरी सोमबार भएको विष्फोटमा दर्जनौ घाइते भएका छन्।

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु भएकाे छ । ज्वालामुखीमा परी ३०० सय जना भन्दा बढी घाइते भएका छन्।

शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु

ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ।दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेका ६७ जनाको भने उद्दार गरिएको छ ।

बालुवा खानीमा पुरिएर युवकको मृत्यु

गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ९ बुङ्कोटघाटस्थित बालुवाखानीमा पुरिएर एक युवकको मृत्यु भएको छ। शनिबार साँझ ग १ त ४५५९ नम्बरको ट्यक्टरमा बालुवा लोड गर्न लाग्दा ट्याक्टरका सह चालक बारा जिल्ला करैया गाउँपालिकाका १८ वर्षीया तेजनारायण यादबको पुरिएर ज्यान गएको हो।

लामाबगर बिष्फोटमा युवाको मृत्यु

जिल्लाको उत्तरी सिमा गाउँ लामावगर नजिक सडक निर्माण गर्दा गराईएको बिष्फोटमा परेर एक स्थानीय युवक नदीमा खसेर बेपत्ता भएका छन्।

टिपर दुर्घटनामा सहचालकको मृत्यु

सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ नयाँपाटीमा शुक्रबार राती भएको टिपर दुर्घटनामा एक जनाकोे मृत्यु भएको छ। लु ३ ख ८९३९ नम्बरको टिपर दुर्घटनामा एक घाइते भएका छन्।

द्वन्द्वमा परी युक्रेनमा २४० बालबालिकाको मृत्यु

युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ। “द्वन्द्व प्रभावित क्षेत्रमा अहिले पनि बालबालिकाहरु खतरामा रहेका छन् र उनीहरूलाई सुरक्षाको आवश्यकता छ,” विदेश मन्त्री प्याभ्लो क्लिम्किनले भने।

खोप लगाएको ५ घण्टामै बालकको मृत्यु

तिला गाउँपालिका ३ स्थित पाडा लुम्सेरागाँउमा डिपिडी र हिप बी खोप लगाएको पाँच घण्टामै एक बालकको मृत्यु भएको छ। खोपाका कारण डेढ महिनाका संभव भट्टराईको मृत्यु भएको हो । सकुसल बच्चा खोप लगाइसकेपछि एक्कासी बिरामी भएर पाँच घण्टामै मृत्यु भएको आफन्तले जनाएका छन्।

भारतकाे हिमाञ्चलमा बस दुर्घटना, सातकाे मृत्यु

उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रमा शुक्रबार भएको एक यात्रुवाहक बस दुर्घटनामा परी कम्तीका पनि सात जनाको मृत्यु भएको छ ।

भारतमा आँधीका कारण २१ को मृत्यु

भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ। यी दुई राज्यका जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन्।

पाल्पा बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, १० घाइते, शोकमा तानसेन

शुक्रबार बिहान ९ बजे पाल्पाको रम्भा गाउँपालिका–४ हुमिनमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। लु २ ख ९७५ नम्बरको बस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। जसमा १० जना घाइते भएका छन्।

दुर्घटनामा एकको मृत्यु

बेनिघाट रोराङ गाउँपालिका– ३, मलेखुमा मोटरसाइकल र ट्रक ठोक्किएर शुक्रबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्