९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

डुबेर डेढ वर्षीया बालिकाको मृत्यु

कपिलवस्तुको यशोधरा गाउँपालिका–३ बसन्तपुरमा सोमबार दिउँसो करिब २ बजे नालीमा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु भएको छ।

अमेरिकाको फ्लोरिडा राज्यमा दुर्घटना, तीन जनाको मृत्यु

अमेरिकाको फ्लोरिडा राज्यको पाल्म बिचमा भएको सवारी दुर्घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ।

आठ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको केन्द्रिय प्रान्त दैकुन्दीको कजरान जिल्लामा आइतबार सशस्त्र विद्रोही समूहले सुरक्षा चौकीमा गरेको आक्रमणमा परी कम्तीमा आठ सुरक्षाकर्मीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता सकिनी एहसानीले पुष्टि गरेका छन्।

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

गाडीको ठक्करबाट बानेश्वरमा पैदल यात्रीको मृत्यु

सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक पैदल यात्रीको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०-५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करबाट शुक्रबार घाइते भएका एक वृद्धाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–३ पन्सेराका ६० वर्षीया तुलसी खत्री छन्।

बंगलादेशमा सवारी दुर्घटनामा परी कम्तीमा १० को मृत्यु

बंगलादेशमा शुक्रबार भएको बस दुर्घटनामा परी कम्तीमा १० यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुरमा शुक्रबार मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने सँगै सवार रहेका एक घाइते भएका छन्। मदन भण्डारी स्मृति लोकमार्गअन्तरगत चौदण्डीगढी नगरपालिका ९ भिमास्थित सडकमा अनियन्त्रित भएर लड्दा त्यसमा सवार सुनसरीको कालाबन्जर गाउँपालिका ३ का २३ वर्षीय दिपक विकको मृत्यु भएको हो।

उदयपुरमा आगलागी हुँदा एक बालकको मृत्यु, दुई घर नष्ट

उदयपुरमा बिहीबार दिउँसो आगलागी हुँदा जलेर एक बालकको मृत्यु भएको छ भने दुई घर नष्ट भएका छन्। दिउँसो ४ बजेको समयमा त्रियुगा नगरपालिकाको बिकट वडा १६ नं. को चिलाउने रातापानीमा एकाघरका दुई दाजुभाइको घरमा आगलागी हुँदा ५ वर्षीय छोरा शिसिरको मृत्यु भएको स्थानीयले बताएका छन्।

हेलिकप्टर दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ।

मोटरसाइकलले ठक्कर दिँदा ३ वर्षीया बालिकाको मृत्यु

उदयपुरको कटारीकी एक बालिकाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ। दुई दिनअघि कटारी नगरपालिका ३ का रामनारायण दास सवार स ९ प २०७ नं.को मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएकी कटारी ३ हडैयाकी ३ वर्षीया जिज्ञासा अधिकारी दनुवारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्