९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

भीरबाट लडेर मृत्यु

अर्घाखाँची- अर्घाखाँचीको भुमिकास्थानमा एक जनाको भीरबाट लडेर ज्यान गएको छ। भुमिकास्थान नगरपालिका–९, डेभाका जगबहादुर नेपालीको भीरबाट लडेर ज्यान गएको हो।

७० वर्षिय जगबहादुर गत शुक्रबारदेखि बेपत्ता थिए। खोजी गर्दै जाने क्रममा आइतबार दिउँसो उनको स्थानीय सल्लेडाँडाको भीरमा शव भेटिएको थियो। स्थानीयले अत्याधिक मदिरा सेवन गरेर हिँडेको देखेकाले त्यही कारणले उनी भीरबाट लडेको हुन सक्ने प्रहरीले जनाएको छ।

शवको अर्घाखाँची जिल्ला अस्पतालमा पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरी निरिक्षक प्रकाश खत्रीले जानकारी दिए।

प्रकाशित: ८ मंसिर २०७६ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App