एकै दिन २५ को मृत्यु
इराकमा एकै दिन २५ भ्रष्टाचारविरोधी प्रदर्शनकारीको मृत्यु भएको छ। भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका २५ प्रदर्शनकारीको एकै दिनमा मृत्यु भएपछि प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमान्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई जिम्मेवारीबाट हटाउँदै पदबाटसमेत बर्खास्तका लागि सिफारिस गरेका छन्। बर्खास्त गरिएका कमान्डरलाई बिहीबार नै नासिरियाका लागि खटाइएको छ।