५ मंसिर २०८१ बुधबार
image/svg+xml

मतगणनाका कारण सदरमुकामका होटलमा भ्याई नभ्याई

प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत जिल्ला स्थित सबै क्षेत्रको मतगणना सदरमुकाम मलंगवामा भईरहेकाले तीन दिनयता यहाँका होटल सञ्चालकलाई भ्याई नभ्याई छ।

सीमानाका तीन दिन बन्द

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले नेपाल–भारतसीमा तीन दिनका लागि बन्द गरिएको छ। सोमबार राति १२ बजे बन्द गरिएको बिहीबार (२१ गते) राति १२ बजेसम्मका लागि बन्द गरिएको हो।

बाँदरमुढे घटनाका पीडित र दाहालबीच तीन बुँदे सहमति

बाँदरमुढे घटनाका पीडित र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच तीन बुँदे सहमति भएको छ। वाम गठवन्धनले माडीमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्वोधन गर्न माडी पुगेका दाहालसँग घटनामा पीडित प्रतिनिधिसँग सहमति भएको हो।

गौचन हत्याका मुख्य योजनाकार पक्राउ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

एम्बुस थाप्ने योजनाकार आरोपमा एक पक्राउ

उदयपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायण कार्कीलाई अघिल्लो बिहान एम्बुस पड्काउने समूहमा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार एकजनालाई नियन्त्रणमा लिएको छ । एम्बुस थाप्ने मुख्य योजनाकारमध्येका एक भएको आरोपमा त्रियुगा नगरपालिका ७ शाहीखोलाका बलबहादुर मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।

रसुवागढी नाका सुचारु

चीनसँगको व्यापारिक नाका रसुवागढी आइतबारबाट सुचारु भएको छ । निर्वाचनको अवधीका लागि ७२ घण्टा नाका सिल गरिएको थियो । बिहिबार राति १२ बजेबाट बन्द गरिएको नाका आइतबार राति १२ बजेबाट औपचारिक रुपमा सुचारु भएको हो ।

रसुवागढी नाका बन्द

चीनसँगको व्यापारिक नाका रसुवागढी नाका बिहीबार मध्यरातदेखि ७२ घन्टाका लागि बन्द गरिने भएको छ। चीनसँग सीमा जोडिएको नेपाली भूभाग रसुवामा हुन लागेको निर्वाचनलाई ध्यानमा राख्दै प्रशासनले अाज राति १२ बजेदेखि नाका बन्द गराउन लागेको हो। नाका बन्द हुँदा मान्छे एवं सवारी साधन आवात जावात गर्न पाउने छैनन्।

रसुवागढी नाका ७२ घण्टाको लागि बन्द

चीनसँगको व्यापारिक नाका रसुवागढी ७२ घण्टाको लागि बन्द गरिएको छ । निर्वाचन आउन तीन दिन बाँकी रहँदा आज राति १२ बजेदेखि नाकामा शिल लगाइने भएको हो ।

चुनाव अवधीमा नेपाल–भारत सिमा नाका तीन दिन बन्द हुने

मंसिर १० हुने पहिलो चरणकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल–भारत सिमा नाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सिमा नाका झुलाघाट र दार्चुला ७२ घण्टाका लागि बन्द हुने भएको हो ।

हङकङमा नेपाली सेनाका धावकलाई स्वर्णपदक

नेपाली सेनाका धावकले हङकङमा भएको ट्रेल रेसमा स्वर्णपदक जितेका छन्। साई कुङ देखी टियुन मुनसम्म भएको १ सय किलोमिटर रेसमा नेपाली सेनाका ४ जना अल्ट्रा धावकहरुले १२ घण्टा १ मिनेटको समयमा उक्त दुरी पार गरी स्वर्ण पदक जितेका हुन्।

बेहोस अवस्थामा नेपाली सेनाका जवान फेला

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ स्थित जंगलमा बुधबार साँझ नेपाली सेनाका एक जवान बेहोस अवस्थामा फेला परेका छन् ।

टीकापुर घटनाका आरोपित उम्मेदवार

एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

सिराहाका छोटी नाकाबाट सेटिङमा तस्करी

कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपालमा विना भन्सार सामान भित्र्याउँथे । समयसँगै अहिले तस्करीको तरिका पनि फेरिएको छ । पछिल्लो समय तस्करहरु दिउँसै भन्सार नतिरी सामान सहरमा भित्र्याउँछन् र पसल–पसलमा पुर्‍याउँछन् । कानुन पालना गर्न भन्सारमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले नदेखेको जस्तो गर्छन् ।

सर्भर डाउनले भन्सार नाका ठप्प

शनिबार मुलुकका विभिन्न भन्सार नाकामा ‘सर्भर डाउन’ले समस्या हुँदा कारोबार ठप्प भएको छ । सर्भर डाउनले काममा अवरोध भएपछि कुनै पनि कारोबार हुन नसकेको बताइएको छ।

चीनद्वारा रसुवागढी नाका बन्द, केरुङका नेपाली फर्काइए

चीनमा भोली हुने कंग्रेस सभाको चुनावको लागि अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्द गरिएको छ। नेपाल र चिनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका ६ दिनका लागि बन्द गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्