४ मंसिर २०८१ मंगलबार
image/svg+xml

कोरला नाका सञ्चालन गर्न चीन सकारात्मक

चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको मुस्ताङमा पर्ने कोरला नाका सञ्चालनमा ल्याउन चिनियाँ अधिकारी सकरात्मक भएका छन्।

छिया–छिया सीमा सडक (भिडियो)

भूकम्प तथा लगातारको बाढी, पहिरोले उत्तरी सिमा नाका चीन जोड्ने अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड क्षतविक्षत बनाएको छ। बिनासकारी भूकम्पपछि सीमा नाका तातोपानी बन्द हुँदा सरकारी उपेक्षामा परेको ३६ किलोमिटर लामो यो सडक मर्मत सम्भार अभावमा छिया–छिया बनेको हो।

‘सपनाविहीन नेतृत्वले सहर बिग्रियो’

तपाईँको बुझाइमा सहर के हो ? भिन्न–भिन्न उद्देश्य बोकेका मानिसको साझा बसोबास थलो नै सहर हो । सहरभित्र सामाजिक र साँस्कृतिक बन्धन हुन्छन् ।

रसुवागढीमा सवारी नियमित नहुँदा आयात–निर्यात घट्यो

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रसुवागढी नाकामा आयात तथा निर्यात दुवै घटेको छ । साउन र भदौ महिनामा नाका जोड्ने सडक अवरुद्ध हुँदा आयात तथा निर्यात घटेको हो।

जीर्ण बन्दै चीन जोड्ने राजमार्ग

चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षामा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ ।

जीर्ण बन्दै चीन जोड्ने राजमार्ग (फोटो फिचर)

चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षमा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ।

ओलाङ्चुङगोला सहित सबै सडकलाई बिशेष प्राथमिकता दिन भट्टराईकाे माग

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले नेपाल–चीन सिमाक्षेत्रका नेपालतर्फका सडकको पूर्वाधारलाई विशेष महत्व दिन सरकारको ध्यानाकर्षण गरेका छन्।

चिनिया नाका जोड्ने सडक सुचारु

तीन दिनदेखि अवरुद्ध रहेको धुन्चे स्याफ्रु सडक खण्ड आज विहानदेखि सुचारु भएको छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने यो सडक पहिरोका कारण सोमबार साँझदेखि अवरुद्ध बनेको थियो। एक साताअघि पहिरो पन्छाएर सुचारु गरेको खोपाङभीरको सडकमा पुनः पहिरो खसेपछि सवारी आवतजावत ठप्प बनेको थियो।

रसुवागढी जोड्ने नाका पहिरोले अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ।

रसुवागढी नाका खुल्याे, सवारी चल्न थाले

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा मंगलबारदेखि सवारी साधन सञ्चालन सुरु भएको छ। नाका जोड्ने धुन्चे रसुवागढी सडक खण्डको मर्मत गरेसँगै नाकामा साना ठुला सवारी साधन चल्न थालेका छन्।

रसुवागढी नाका जोड्ने सडक सोमबारदेखि खुल्ने

रसुवागढी नाका जोड्ने सडक सोमबारदेखि सञ्चालनमा अाउने भएकाे छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भीरमा बाढीले क्षति गरेको सडक आइतबार व्लाष्टिङ गर्दा माथिको पहरा झरेर खोलामा बेस बसेको छ।

रसुवागढी नाकामा आजदेखि सवारी सञ्चालन हुने

रसुवागढी नाकामा आजदेखि सवारी सञ्चालन हुने भएको छ। स्याफ्रु रसुवागढी सडकखण्डअन्तर्गत घट्टेखोलाको पुल मर्मत भएकाले सवारी सञ्चालनका लागि अनुमति दिन लागिएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ।

रसुवागढी नाका ठप्प हुँदा राजश्व सङ्कलन भएन, सडक खुल्न १५ दिन लाग्ने

रसुवागढी भन्सार कार्यालयमा राजश्व सङ्कलन विगत २१ दिनदेखि रोकिएको छ। बाढीपहिरोले क्षति पुगेको सडक मर्मत हुन नसक्दा राजश्व सङ्कलन ठप्प भएको हो।

सल्यानमा घर भत्कदा एकै परिवारका ५ जनाको मृत्यु

सल्यानमा घर भत्कदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। सल्यान बागचौर नगरपालिका वडा नम्बर ४ का रामबहादुर बिकको घर गएराती भत्कँदा च्यापिएर ३९ वर्षीय रामबहादुर सहित उनकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

श्रीमती छोडेर भागे सिडिओ र प्रहरी प्रमुख !

सीमा सुरक्षा वार्ता लागि गएका प्रमुख जिल्ला अधिकारीको टोलीका सदस्य श्रीमतीलाई हिल्सा नाकामा छोडेर  भागेका छन्। सीमावर्ती क्षेत्रका जनताको समस्या समाधान, लागु औषध ओसार पोसार तथा अन्तरदेशीय अपराध नियन्त्रणका बिषयवस्तु लिएर सिडिओ नेतृत्वको टाली वार्ताका लागि भदौ ८ गते चीनको स्वशासित क्षेत्र ताक्लाकोट गएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्