४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सम्झौतामै किर्ते, दलकै आडमा अतिक्रमण

राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ। महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘२०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छैन’ भनिएको छ भने ठेकेदारसँग भएको प्रतिमा ‘पाइनेछ’ उल्लेख छ।

खुलामञ्चबाट व्यापारिक सटर हटाउन माग गर्दै प्रदर्शन

खुलामञ्च अतिक्रमण गरिएको भन्दै स्थानीयवासीले विरोध गरेका छन्। स्थानीय सहित सम्पदा संरक्षण अभियान्ताहरुले खुलामञ्च अगाडि विरोध प्रदर्शन गरे।

सम्झौता लत्याउँदै खुलामञ्चमा व्यापारिक स्टल

जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीले काठमाडौं महानगरपालिकासँग भएको सम्झौताको धज्जी उडाउँदै खुलामञ्चमा ४४ वटा व्यापारिक स्टल सञ्चालनमा ल्याएको छ। महानगरपालिका  र जलेश्वर स्वच्छन्द–बिकोई जेभी कम्पनीबीच २०७१ सालमा सम्झौता भएको थियो।

खुलामञ्च र लैनचौरमा अन्डरग्राउन्ड पार्किङ

खुलामञ्चको ४८ रोपनी र लैनचौरस्थित अस्कल क्याम्पस अगाडिको ७ रोपनी सार्वजनिक जमिनमा दुईतले अन्डरग्राउन्ड पार्किङ बनाउने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ। दुईतले अन्डरग्राउन्ड पार्किङसहित एकतले अन्डरग्राउन्ड सपिङ कम्प्लेक्स बनाउने तयारी पनि महानगरले गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्