सेवाग्राहीसँग घुस लिने नेपाल प्रहरीका दुई जना सई पक्राउ
सेवाग्राहीसँग १८ हजार घुस लिँदैं गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
सेवाग्राहीसँग १८ हजार घुस लिँदैं गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको ७२ वटा खसीसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खसी ढुवानीका लागि प्रयोग भएको ट्रकसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चक्काजाम गर्ने क्रममा पक्राउ परेका दुई वडाध्यक्षसहित ६ जना झन्डै आठ घण्टापछि छुटेका छन् ।
नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटीढंगले चौथो नगरसभा गरिएको विरोधमा चक्का जाममा उत्रिएका जनप्रतिनिधि तथा नेतालाई प्रहरीले पक्राउ गरेको नेकपाका जिल्ला कमिटी सदस्य राजुबिक्रम चाम्लिङले जानकारी दिए।
दुई बालकहरुलाई यौन दुराचार गरेकोको आरोपमा प्रहरीले पोखराबाट अष्ट्रेलियन नागरिक बेरिम्यान थोमस अल्फ्रेडलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टिमले डिहिको पाटनस्थित अल्फ्रेड बस्दैआएका उनलाई कोठाबाटै पक्राउ गरेको हो।
लागुपदार्थसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ का २३ वर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका–१० का २७ वर्षीय रोशन विश्वकर्मा रहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका दुई स्थानीय नेतालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ।
गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन्।
अवैध गर्भपतन गराएको आरोपमा सिरहाको मिर्चैया बजारमा सञ्चालित मिर्चैया नर्सिङ होममा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। डा. शम्भुकुमार यादवलाई इलाजसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाबाट म्याद थप गराई प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रतिबन्धित नेटवर्क मार्केटिङ व्यवसाय गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले तीन जनालाई पक्राउ गरेको छ।
सोलुखुम्बुको लुक्लामा आफ्नै १४ वर्षीय भतिजीलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती छिन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना हत्याका आरोपीलाई २० वर्षपछि पक्राउ गरेको छ। अन्नपूर्ण गाउँपालिका–११ का ३१ वर्षीय मनप्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गरी फरार रहेका ५६ वर्षीय कुमार गुरुङलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयले विभिन्न घटनामा पाँच जनालाई पक्राउ गरेको छ। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ स्यादुलबाट तीन किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान स्यादुलबाट चरौँदीतर्फ जाँदै गरेको बा ८२ प ९३५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लागु औषध भेटिएको प्रहरीले जानकारी दिए।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित)सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा युवा संगठनका कर्णाली ब्युराे ईन्चार्ज बखतबहादुर बिष्ट पनि रहेका छन्।
पछिल्लो समय लहान बजारमा बग्रेल्ती खुलेका अल्ट्रा साउण्ड सेन्टर(भिडियो एक्स–रे) र पोलिक्लिनिकमा लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रम बढेको छ । निजी क्लिनिकका डाक्टर र उनका सहयोगीहरू क्लिनिक आसपासको क्षेत्रमा घरभाडा लिएर भ्रूण हत्या गराउन संलग्न भएको पाइएको छ ।