१० माघ २०७७ शनिबार

सरकारी जागिर पाएपछि एसिड पीडित युवतीमा खुसी

सरकारले रोजगारको व्यवस्था गरेसँगै भविष्यको चिन्ता बोकेका पीडितहरूमा हौसला मिलेको छ । यसले आफूहरूलाई अघि बढ्न प्रेरित गर्ने पीडितहरूको भनाइ छ । ‘हामी काम गर्न सक्छौं, एसिड आक्रमणमा पर्दैमा हामीले असक्षम भएका होइनौं, सरकारले हामीलाई बाटो देखाइदिएको छ,’ पवित्राले भनिन् । निगम सञ्चालक समितिले उनीहरूलाई निर्वाह खर्च पुग्ने गरी रोजगार दिएको हो ।

कांग्रेसमा जुटेन सहमति

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश सरकार संकटमा परेको अवस्थामा पार्टीको भूमिका के हुने भन्नेमा नेपाली कांग्रेस अन्योलमा देखिएको छ ।

माहिला सरकारको मुस्कान

नेपाली राजनीति तरल मात्र छैन, तरंगितसमेत भइरहेको अवस्था छ । भोलि के हुन्छ भन्ने अनिश्चित हुँदै गएको छ । पुराना जान्नेसुन्नेहरू भन्छन्, ‘जे पनि हुन सक्छ ।’ तसर्थ प्रतिनिधिसभा पुनर्बहाली भए पनि नभए पनि राजनीतिक स्थिरताको सम्भावना देखिँदैन । यस्तो स्थितिमा अन्तर्राष्ट्रिय कूटनीतिसमेत नेपालका लागि चिन्ताको विषय बन्न सक्ने देखिएको छ ।

प्रदेश सरकारः कांग्रेसले नीतिगत निर्णय लिने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरतामा नेपाली कांग्रेसले नीतिगत निर्णय गरेर अघि बढ्ने भएको छ।

कामचलाउ नस्वीकार्ने ओली हठ

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सोमबार ठ्याक्कै एक महिना पुग्यो। पार्टीको आन्तरिक विवाद चर्किएपछि गत पुस ५ गते आइतबार प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेका थिए।

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री राउत

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १०औँ साधारणसभामा उनले देशमा सङ्कट आएको समयमा पत्रकारले खेल्ने भूमिका महत्वपूर्ण भएको बताए।

अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा, 'नागरिक एप्स' परीक्षणमा

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकारी सेवा पुर्‍याउने उद्देश्यले सरकारले ‘नागरिक एप्स’ परीक्षणका रुपमा सञ्चालन गरिएको बताए।

कोरोना खोप खरिदमा सघाउन आग्रह

सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि कोरोना खोप कोषमा आर्थिक सहयोग गर्न दाताहरूलाई आह्वान गरेको छ।

मुद्दा अदालतमा, सरकार निर्वाचन तयारीमा

प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला निकायलाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिएलगत्तै गृह र अर्थ मन्त्रालयले पनि मातहतका कार्यालयलाई तयारीमा लाग्न अह्राएका छन्।

सरकारको वार्षिक प्रतिवेदनमा ९७९ किमी सडक कालोपत्रदेखि नक्सा प्रकाशनका कुरा

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन्। नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उनले सो प्रतिवेदन बुझाएका हुन्।

अमेरिका पठाउँछु भन्दै लाखौं रकम असुल्ने विद्या सरकार पक्राउ

अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका–४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छन्। दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले उनलाई पक्राउ गरेको हो।

लुम्बिनी प्रदेश सरकार सुरक्षित रहेको मन्त्री चौधरीको दाबी

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दाबी गरेका छन्।

कर्णाली सरकार झन बलियो, मन्त्री रावल र सांसद रोकाय प्रचण्ड–नेपाल समूहमा

नेकपा विभाजनले अरु प्रदेशका सरकार परिवर्तनको तयारी भइरहेको बेला कर्णाली प्रदेश सरकार भने झन बलियो भन्दै गएको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद छन्।

दाहाल–नेपाल समूह एक्लै सडकमा

विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो।

दाहाल-नेपाललाई ओलीको आरोप : संघीयता, गणतन्त्र ठिक होइन भन्ने बनाउन लागे

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ जाँगर आउन लागेको दावी गरेका छन्। ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले आफ्नो कदमले गतिहिनतालाई अन्त्य गरेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्