३० वैशाख २०८१ आइतबार
image/svg+xml

आजदेखि बडादसैँ सुरु, पहिलोदिन शैलपुत्रीको पूजा आरधना गरिँदै

आजदेखि बडादसैँ सुरु भएको छ। बडादसैँको पहिलो दिन आज भगवान दुर्गाको ९ रुपमध्येको शैलपुत्रीको पूजा आराना गरि मनाइँदै छ।

बिहान ११:२९ मा घटस्थापना भित्र्याउने उत्तम साइत

सनातन हिन्दु धार्मिक परम्पराअनुसार आइतबारदेखि शारदीय नवरात्र सुरु हुँदै छ । शारदीय नवरात्रलाई नौरथा, नवरात्र वा बडादसैं पनि भनिन्छ ।

जुम्लामा बजार अनुगमन तीव्र,म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

बडादसैँ र तिहारलाई ध्यानमा राखेर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले बजार अनुगमनलाई तीव्र बनाएको हो।

राष्ट्रपतिद्वारा गुरूहरूको हातबाट टीका ग्रहण

राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ।

कङ्कालिनी भगवती मन्दिरमा छ सय ६९ राँगाको बलि चढाइयो

गत वर्ष भने कङ्कालिनी मन्दिरमा सात सय ४४ राँगाको बलि दिइएको थियो। साथै दुई वर्ष अगाडि कोरोना माहामारीका बेला कङ्कालिनी भगवती मन्दिरमा तीन सय ८५ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिएको थियो।

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गरेका छन्।

दसैँ देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

चाडपर्वलगत्तै सार्वभौम नेपाली जनताको महान् उत्सवको रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको र संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षको रुपमा रहेको निर्वाचनमा सहभागिता जनाउन तथा सार्वभौम मताधिकार प्रयोग गर्न आग्रह समेत गरेका छन्।

राष्ट्रपतिद्वारा बडादसैंको शुभकामना

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी व्यक्त गरेकी छन्।

हराउँदै गए रातो माटो र कमेराको मड्किना, लिपपोत गर्नै छोडियो घर

मौलिकतालाई छोड्दै र आधुनिकतालाई पछ्याउँदै जान थालिएपछि दशैँ पनि महँगो बन्दै गएको स्थानीयवासीको बुझाइ रहेको छ। पहिला–पहिला रैथाने साधन, स्रोत, सीप र प्रविधिमा दसैँ मनाइन्थ्यो। अहिले आयातित साधन, स्रोत, सीप र प्रविधि अपनाइएका कारण सर्वसाधारणका लागि दशैँ दशा बन्न थालेको वुद्धिजीवीले बताएका छन्। रातोमाटो र कमेरोले घर पोत्दा, नयाँ कपडा, पिङ, गाउँभरिका सबै मिलेर गोरेटो सरसफाइ गर्दा त्यो बेला दशैँको आभाष हुने गरेको थियो।

सरकारी कार्यालय खुलेः उपत्यकामा चहल पहल बढ्यो

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बाक्लिएको छ। सबैजसो मन्त्रालयमा मन्त्री, कर्मचारी तथा आगन्तुकको बाक्लो उपस्थिति देखिन्थ्यो। विभिन्न मन्त्रालयका मन्त्री पनि कार्यालय पुगेर नियमित काममा व्यस्त देखिएका छन्।

निःशुल्क स्वास्थ्य शिविर

नेपाल चिकित्सक सङ्घका सहकोषाध्यक्ष डा विश्वराज दवाडी र डा. खिलास दवाडीले बिरामीको परीक्षण गरेका थिए।

काठमाडौँमा चहलपहल बढ्यो

काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ।

बडादसैँले नेपालीको मुहारमा खुसी ल्याउन सकोस्ः प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरुलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ पर्व मनाउन आम नेपालीलाई आग्रह गरे।

बडादसैँको चौँथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो।

गौरवमय पर्व बडादसैँ

निधारभरि दहीसँग मुछेर सेतो अक्षताको टीका लगाउने चलन जनजातिहरूबाटै प्रारम्भ भएको हो। नेपालमा लिम्बु, राई, मगर, गुरुङ, तामाड जातिले विजयदशमीका दिन दहीमा सेता अक्षता घोलेर निधारभरि टीका लगाउने चलन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्