९ मंसिर २०८१ आइतबार
image/svg+xml

अख्तियारले अटेरी गरेपछि सर्वाेच्च एक्सनमा, सचिवसहित कर्मचारीलाई कारवाहीकाे आदेश

सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतलाई असहयोग गरेको भन्दै आयोगकै सचिवसहितका कर्मचारीलाई कारवाहीको लागि आदेश गरेको छ।

इटहरीका मेयरलाई कारवाही गर्न सांसदको माग

प्रतिनिधिसभाका सांसदहरुले इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीमाथि कारवाही गर्न माग गरेका छन्।

ड्युटीमा खटिएकी असईमाथि पेट्रोल छर्केर आगो लगाउनेलाई कारवाहीको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ड्युटीमा खटिएकी प्रहरी सहायक निरीक्षक (असई) कल्पना खड्कालाई आगो लगाएर हत्या गर्न खोज्नेलाई कारवाही गर्न माग गरेको हो।

बलात्कार गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन

पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन्।

हवाई कारबाहीमा सत्र प्रहरी मारिएको आशङ्का

अफगानिस्तानको दक्षिणी प्रान्त हेलामान्डमा रातभर भएको हवाई कारवाहीमा परी १७ प्रहरी मारिनुको साथै अन्य १४ घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ।

कर नबुझाउने करदाताको सूची तयार

आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ।

क्षमताभन्दा बढी भार बाेक्ने सवारीमाथि कारवाही

आकस्मिक चेकजाँचका क्रममा त्यस्ता ८५ वटा सवारीसाधनलाई कार्बाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी सहायक निरीक्षक इन्द्रभूषण मिश्र नेतृत्वको ४ सदस्यीय चेकजाँच टोलीले गरेको कार्बाही अभियानका क्रममा ७ मेट्रिक टन बढी भारबहन गरेका १६ वटा सवारीसाधनलाई भने नियन्त्रणमा लिएर राखिएको छ।

स्कुटर ठक्कर दिने पछुवा गाडीलाई कारवाही

सडकमा गुडिरहेको सर्वसाधारणको स्कुटरलाई ठक्कर दिने सशस्त्र प्रहरी बलको पछुवा गाडीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको छ। महाशाखाले चालकलाई ५ सय रुपैयाँ जरिवाना गरेको हो।

सभापतिदेखि मुख्यसचिवविरुद्ध उजुरी, कारबाही होला ?

नेपाली कांग्रेसका सभापतिदेखि कार्यालयका मुख्यसचिवसम्मलाई कारवाही गर्न माग गर्दै उजुरी दर्ता भएको छ।अनुशासन समितिले पार्टी हितविपरीत काम गर्नेविरुद्ध उजुरी माग गरेपछि सभापति शेरबहादुर देउवादेखि केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलसम्मलाई कारवाही माग गर्दै उजुरी दर्ता भएको हो।

सार्वजनिक यातायातको मनलाग्दीविरुद्ध यात्रु

केही यातायात व्यवसायीले आफूखुशी सार्वजनिक यातायातको भाडा लिने गरेको तर सरोकारवाला सरकारी निकायले अनुगमन नगरेको भन्दै यात्रु स्वयं कारवाहीमा उत्रन थालेका छन्। राजधानीमा सञ्चालित बाबा गोकर्णेश्वर, सिटी यातायात र सुन्दरीमाई यातायात कम्पनीमा दर्ता भएका सार्वजनिक यातायातका परिचालकले यातायात व्यवस्था विभागले गत असोज ७ गते तोकेभन्दा बढी भाडा लिन थालेका थिए।

मेयर प्याकुरेलमाथि पार्टीले गरेको कारवाही फुकुवा

तत्कालीन एमालेबाट निर्वाचित ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका नगर प्रमुख छत्रपति प्याकुरेललाई पार्टी सदस्यता समेत नरहने गरी गरिएको कारवाही नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १ नं प्रदेश कमिटीले फुकुवा गरेको छ।

दोहोरो नागरिकता लिनेलाई कडा कारवाही हुने

दोहोरो नागरिकता लिनेलाई तीनदेखि पाँच वर्षसम्म कैद र रु एकदेखि तीन लाखसम्म जरिवाना गर्ने गरी नागरिकता विधेयकमा सहमति जुटेको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा भइरहेको दफावार छलफलमा यस्तो सहमति जुटेको हो। विधेयकका दफा ५, ६ र ७ बाहेक सबै बुँदामा सहमति जुटेको सभापति शशी श्रेष्ठले जानकारी दिइन।

इमरानले भनेः भारतले हाम्रो शक्ति देख्यो, युद्ध मोदीको ‘कन्ट्रोल’मा हुनेछैन

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले युद्धबाट समाधान ननिस्कने बताएका छन्। काश्मिरको पुलवामा घटनालाई लिएर भारतले आक्रमण सुरु गरेपछि मंगलवार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री खानले भारतका लडाकु विमान खसालेर पाकिस्तानले आफ्नो शक्ति देखाएको टिप्पणी गरे।

प्रहरीसँगको मुठभेडमा सशस्त्र समूहका कमाण्डरको मृत्यु

सप्तरीको रुपनी नजिक प्रहरी कारवाहीमा परि बुधबार बिहान सशस्त्र समूहका कमाण्डरको मृत्यु भएको छ। प्रहरी कारवाहीमा मारिने प्रगतिशील तराई मुक्ति मोर्चाका कमाण्डर सप्तरी कडरबोना निवासी ३५ वर्षीय निशान थारु (दिपेन्द्र चौधरी) हुन्।

खानीजन्य पदार्थ उत्खनन्मा कडाइ

जिल्लामा खानीजन्य र नदीजन्य पदार्थको अनियमित उत्खनन् र निकासीमा कडाइ गरिएको छ। अनियन्त्रित रुपमा सञ्चालित बालुवा, ढुङ्गा र गिट्टी खानीका कारण वातावरणमा प्रतिकूल प्रभाव परिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला अनुगमन समितिले विशेष कार्यदल बनाएर कडाइ सुरु गरेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्