९ मंसिर २०८१ आइतबार
image/svg+xml

लेखा समितिद्वारा सचिवलाई निलम्बन र मन्त्रीहरुलाई कारवाही सिफारिस, राई निर्दोष

सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिद अनियमिततामा वहालवाला मन्त्री रवीन्द्र अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको छ। सोमवार विहान बसेको समितिको बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित पूर्व मन्त्रीहरु जीवन शाही र जितेन्द्र देवमाथि आवश्यक अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरेको हो।

अफगानिस्तानमा २५ तालिवानी लडाकु मारिए

अफगानी सैनिकको हवाई कारवाहीमा कम्तिमा २५ जना तालिवानी लडाकु मारिएका छन । सोमवार भएको उक्त सैन्य कारवाही कावुलवाट ३५ किलोमिटर पश्चिममा रहेको वर्दक प्रान्तमा भएको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ।

अफगानिस्तानमा २५ तालिवानी लडाकु मारिए

अफगानी सैनिकको हवाई कारवाहीमा कम्तिमा २५ जना तालिवानी लडाकु मारिएका छन । सोमवार भएको उक्त सैन्य कारवाही कावुलवाट ३५ किलोमिटर पश्चिममा रहेको वर्दक प्रान्तमा भएको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ।

सवारीसाधानमा जथाभावी प्रेस लेखे कारवाही

नेपाल पत्रकार महासंघ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ। शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगतलाई बदनाम गराउनेलाई कारवाही गर्ने निर्णय गरेको हो।

एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा

नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ। ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको जनाएको छ।

मिटरमा नजाने ३२ ट्याक्सी कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३२ ट्याक्सीलाई कारवाही गरेको छ। महाशाखाले उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई विभिन्न बहाना बनाई मिटरमा जान नमान्ने, मिटरमा उठेको भन्दा बढी भाडा लिने ट्याक्सीलाई शुक्रवार कारवाही गरेको हो।

न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही : मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने बताएका छन्।

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कारबाहीको तयारी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका ऋणीलाई कानूनी कारवाही थाल्ने चेतावनी दिएको छ।

जुवाखालबाट रंगेहात समातिएका १५ जनाविरूद्ध कारवाही

पूर्वी नवलपरासीबाट जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ परेका १५ जनालाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको छ। आइतबार बिहान नगद रु चार लाखसहित गैँडाकोट नगरपालिका–१ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको जनाएको हो।

अखाद्य वस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ : कृषिमन्त्री

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि कडा कारवाही गर्ने दृढता व्यक्त गरेका छन्। उनले भने, “खाद्य पदार्थमा मिसावट गर्नेलाई कानूनअनुसार कारवाही हुन्छ, हदैसम्मको कारवाही गर्न सरकार तत्पर छ। वर्षभरि नै दूध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरिएको छ।”

‘ए’ डिभिजन लिगमा खेल मिलेमतो गरे कडा कारवाही हुने

असोज १३ गते शनिबारदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा खेल मिलेमतो गरे कडा कारवाही हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा गठित लिग कमिटीले खेल मिलेमतो रोक्न इन्ट्रिगिटी अधिकृतले विदेशमा तालीम लिएर आएको बताएका छन्।

निर्मलाका हत्यारालाई छिट्टै कारवाहीको दायरामा ल्याइने : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिएका छन्। उनले भने, “पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ। म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्दछु। जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा थप अध्ययन अनुसन्धान भइराखेको छ। नतिजा (रिजल्ट) छिट्टै आउँछ।”

‘निर्मलाका हत्यामा प्रहरीबाट लापरवाही भएको छ, दोषीलाई कारवाही हुन्छ’ (अडियो)

गृहमन्त्री रामबहादुर थापाले जनताको सुरक्षाका लागि गृह प्रशासनले क्षमताले भ्याएसम्म काम गरिरहेको बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले एकाध घटनासँग जोडेर प्रहरी प्रशासनको इमान्दारी र निष्ठाप्रति उठाइएको प्रश्न जायज नभएको बताए।

सीके राउतमाथि कारवाही गर्न विवेकशील साझाको माग

विवेकशील साझा पार्टीले पृथकतावादी गतिविधिलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ। प्रवक्ता डा सूर्यराज आचार्यद्वारा शुक्रबार जारी विज्ञप्तिमा संविधान दिवसका दिन प्रदेश नम्बर २ मा एउटा समूह (सीके राउत)ले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा ठाडो प्रहार हुने गरी गरेको भेला र भाषणको भत्र्सना गर्दै कानुनी दायरामा ल्याउन माग गरिएको छ।

मान्छे किन अपराधी हुन्छ ?

हाम्रो समाजमा जघन्य आपराधिक घटना घट्ने गरेका छन् । चाहे त्यो बलात्कार होस्, चाहे त्यो हत्या हिंसा नै किन नहोस् मानिस अति नै क्रुर अपराधी बन्ने गरेका छन् । किन यस्तो भइराखेको छ ? यसको गहन अध्ययन हुन ढिला भइसकेको छ । यसपालिको लेखमा बलात्कारजस्ता जघन्य अपराध किन हुन्छन् ? व्यक्ति किन जस्तोसुकै घृणित कार्य गर्न पनि अग्रसर हुन्छ भन्नेबारे मनोवैज्ञानिक र आध्यात्मिक तवरबाट उल्लेख गरिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्