९ मंसिर २०८१ आइतबार
image/svg+xml

लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन्।

बारम्बार ढिलासुस्ती गरे कारवाही: प्रधानमन्त्री

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयहरूको वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यसम्पादन सम्झौता बैठकलाई प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई आवश्यक निर्देशन दिएको बताए।

महाधिवेशन प्रतिनिधि विष्टलाई कारवाही

नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले महिला संघ डडेल्धुराकी महाधिवेशन प्रतिनिधि कमला विष्टलाई तीन वर्षका लागि साधारण सदस्यबाट निष्कासन गरेको छ। शुक्रबार संघको केन्द्रीय कार्यसमितिले विष्टलाई निष्कासित गरेको जनाएको हो। केन्द्रीय अध्यक्ष उमा रेग्मीद्वारा जारी विज्ञप्तिमा बिष्टलाई अनुशासनको कारवाही गरिएको उल्लेख छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारवाही गर्ने प्रमको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।  प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कार्वाही गर्ने दृढता व्यक्त गरेका हुन्।

सोलुखुम्बुमा कांग्रेसका २० नेता कार्यकर्ता पार्टीबाट निष्कासित

नेपाली कांग्रेसले गत स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गर्ने २३ जना नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ। त्यसमध्ये २० जना सोलुखुम्बुका परेका छन्।

बालुवाटार जग्गा हिनामिनामा संलग्न पूर्वप्रधानमन्त्री र मन्त्रीहरुलाई कारवाही गर्न माग

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालुवाटारको सरकारी जग्गा हिनामिनामा संलग्न शक्तिशाली व्यक्ति तथा राजनीतिक पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ।

ओभर स्पीड, परिएला कारवाहीमा (भिडियो रिपोर्ट)

ट्राफिक प्रहरीले सवारी दुर्घटनालाई न्यूनिकरण गर्नको लागि गतिको सीमालाई कडाई साथ पालना गराउन अभियान थालेको छ।

पानी चुहाउँदै गुड्ने तीन ट्रिपरलाई कारवाही

पक्की सडकमा पानी चुहाउँदै बालुवा बोक्ने ट्रिपरलाई प्रहरीले कारबाही अघि बढाएको छ। शुक्रबार सिरहाको चोहर्वामा पानी चुहाउँदै हिँडेका बालुवा बोकेका तीन टिपरलाई प्रहरीले कारबाही गरेको छ।

पुनर्निर्माणका १९ प्राविधिक कारबाहीमा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पछिको पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारवाही गरेको छ। प्राधिकरणले पुनर्निर्माणमा खटिएका प्राविधिक गैरकानुनी कार्यमा संलग्नता भेट्टिएसँगै कारवाही गरेको हो।

तीव्र गति कारवाही अभियान, ९४० चालक कारवाहीमा

ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारवाही गरेको छ।

साढे ३३ किलो सुन प्रकरणका न्यायाधीशलाई कारवाहीका लागि सिफारिश

न्यायपरिषद्ले साढे ३३ किलो सुन तस्करीका अभियुक्तको सुनुवाइमा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गर्ने न्यायाधीशलाई कारवाहीका लागि सिफारिश गर्ने निर्णय गरेको छ। परिषद्को मङ्गलबार बसेको बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेशकुमार सिंहलाई कारवाहीका लागि प्रधानन्यायाधीश समक्ष सिफारिश गरेको हो।

ठेकेदारलाई कारवाही गर्ने ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भीर नोक्सान पु-याउने ठेकेदार कम्पनीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्।

मन्त्री लालबाबु पण्डितलाई कारवाही गर्न संसदमा आवाज उठ्यो

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कारवाही गर्न संसदमा आवाज उठेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा समाजवादी पार्टीका प्रदीप यादव र उमारशंकर अरगरियाले संविधान विपरित अभिव्यक्ति दिने मन्त्रीलाई कारवाही गर्न माग गरे।

विद्युतीय स्कुटर दर्ता नगरी चलाए कारवाही हुने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विद्युतीय स्कुटर अनिवार्य दर्ता गराउन सेवाग्राहीलाई आग्रह गरेको छ। यातायात व्यवस्था विभागको परिपत्रअनुसार महाशाखाले विहीबार ट्वीटरमार्फत ‘इलेक्ट्रिक स्कुटरहरु विना दर्ता सडकमा सञ्चालन भएको पाइएको हुँदा त्यस्ता सवारीहरु दर्ता गरेर मात्र सडकमा संचालन गर्न’ भनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्