नेपाल–चीन ऊर्जा संयन्त्रको बैठकबारे छलफल
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित उर्जा मन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित उर्जा मन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो।
नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी हुम्ला आएका छन्। मानसरोवर कैलाशको धार्मिक यात्राका लागि आउने भारतीय तिर्थयात्रीको अवस्था बुझ्न राजदूत पुरी शनिबार हुम्लाको सदरमुकाम सिमकोट आएका हुन्। केही समय अगाडि भारतीय तीर्थयात्रीले सिमकोट र हिल्सामा मानसरोवर कैलाशको यात्रा गर्दा भोगेको सास्ती भन्ने समाचार सार्वजनिक भएपछि त्यसको वास्तविकता बुझ्न राजदूत पुरी हुम्ला आएको बुझिएको छ।
उत्तरी छिमेकी चीनका राजदूत यु होङले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेकी छिन्। शुक्रबार जंगी अड्डामा भएको भेटमा राजदूत होङले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा महासंघ–सार्क उवासंघको प्रतिनिधिमण्डलले शुक्रबार नेपालका लागि चीनका राजदूत यू होङसँग भेट गरेको छ।
भदौ ४ गते पूर्वराजदूत केशव झाको बबहरमलस्थित आफ्नै घरभित्र मृत फेला परे। उनी मृत फेला परेको थाहा पाउनेबित्तिकै घट्नास्थल पुगेको प्रहरीले उनको हत्या भएको जनाएको थियो।
जोर्डनका लागि गैरआवासीय नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले त्यहाँका राजा अब्दुल्लाह द्वितीय इबान अल–हुसेनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । बसमान दरबारमा आयोजित विशेष समारोहमा उनले जोर्डनका राजासमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
लेसियाका राजदूतले नेपाली कामदार लाने प्रक्रियामा नेपालले आफ्नो देशले भने बमोजिम काम नगरे नेपाली कामदार नलाने बताएका छन्। नागरिकसँगको कुराकानीमा मलेसियन कार्यबाहक राजदूत अहमद फाडिल इस्माइलले मलेसियाले अन्य १४ मुलुकमा लागु गरे जस्तै जी ४ वा सो सरहको नियम पालना गरे मात्रै कामदार लान सकिने बताए। जी टू जी मोडलले कामदारको लागत घट्ने पनि उनको भनाइ छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बद्ध संस्था (भिएलएन, आइएससी, बायोमेट्रिक, माइग्राम्स र ओएससी) खारेज गरेपछि विगत तीन महिनादेखि मलेसियाको रोजगारी ठप्प छ।
गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले बुधवार शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा छलफल भएकाे थियो।
पराष्ट्र सेवाका पूर्वराजदूतहरूको संस्था (एएफसिएएन) ले पूर्वराजदूत केशवराज झाको निर्मम हत्या भएकोमा दुःख व्यक्त गर्दै घटना छानबिन गरी दोषीमाथि कडा कारबाही माग गरेको छ।
टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ। घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन्। टर्कीका एक जना सरकारी अधिकारीका अनुसार दूतावासमा छ ओटा गोली प्रहार भएको थियो। गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो।
पूर्वराजदूत केशव झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। टाउँको र निधारमा चक्कुको गहिरो चोट लागेको अवस्थामा उनको शब फेला परेको हो।
नेपालका लागि रुसी महासंघका राजदूत आन्द्रेइ सर्गीभिच बुड्निकको निधन भएको छ। विदा मनाउन मस्को गएका बेला हृदयघातका कारण उनको गएको शुक्रवार निधन भएको हो। उनी ६५ वर्षका थिए।
सरकारले भारत र मलेसियाका लागि राजदूतमा क्रमशः नीलकण्ठ उप्रेती र उदयराज पाण्डेको नाम सिफारिस गर्ने आफ्नै निर्णय लुकाएको छ
बंगलादेशको राजधानी ढाकामा बंगलादेशका लागि अमेरिकी राजदूत बोकेको गाडीमाथि हतियारधारी मानिसले शनिबार राति आक्रमण गरेको अमेरिकी अधिकारीहरुले बताएका छन्।