भारतीय राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र
राष्ट्रपति भवन, शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र भारतका आवासीय राजदूूत विनयमोहन क्वात्राले ओहोदाको प्रमाणपत्र बुझाएका छन्। राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुनसँग सिष्टाचार भेटघाट गरेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सिंहदरबार गएर भेट गरेका छन्।