१६ आश्विन २०८१ बुधबार
image/svg+xml

पर्यटन पत्रकार संघ प्रदेश नं ४ मा बाँस्तोला

नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं ४ को प्रथम अधिवेशनले राससका हरि बाँस्तोलाका अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

नायक अनमोल केसी आफू अभिनित फिल्मको प्रमोसन र रिलिजपछि हलमा दर्शकसँग भेट्न बाहेक अन्य समयमा कहाँ के गर्दैछन् भन्ने उनको परिवारबाहेक अन्यलाई थाहा हुँदैन। फिल्ममा व्यस्त नहुँदा घरमै रमाउने अनमोललाई दर्शकले अरुबेला बिरलै भेट्छन्।

प्राथमिकतामा सडक, पर्यटन र ऊर्जा

मुलुकमा संघीय संरचना लागू भएपछि प्रदेश सरकारहरूले पहिलोपटक पूर्ण बजेट ल्याएका छन् । सबै प्रदेश संसद्मा शुक्रबार अर्थमन्त्रीहरूले आर्थिक वर्ष २०७५-७६ का लागि कुल २ खर्ब ६ अर्ब ८० करोड १३ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । सबै प्रदेशले सडक, ऊर्जा र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

पर्यटन क्षेत्र उद्योगको रूपमा विकास हुन सकेन : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारीले नेपालको पर्यटन क्षेत्र अझै उद्योगको रूपमा विकास हुन नसकेको बताएका छन् । पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालयद्वारा गठित प्रबुद्ध विज्ञ समूहको प्रथम बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अहिलेको सरकारले पर्यटनलाई उद्योगको रूपमा विकास गर्ने बताए ।

चार देशका पर्यटन व्यवसायी धरान आउँदै

प्रदेश १ र २ को प्रमुख पर्यटकीय गन्तव्यहरूको प्याकेज तयार गरी बाह्य पर्यटकहरूलाई भित्र्याउने लक्ष्यका साथ आयोजना हुन लागेको ३ दिने इष्ट टुरिज्म मार्टमा छिमेकी चार राष्ट्रबाट ठुलो संख्यामा पर्यटन व्यवसायी धरानमा सहभागी हुने भएका छन्।

जिडिपीमा पर्यटनको हिस्सा २५% पु-याउने लक्ष्य

सरकारले मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको हिस्सा २५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । सन् २०२० मा अन्तर्राष्ट्रिय पर्यटक संख्या वृद्धि गरी २० लाख पु-याउने र यसैबाट जिडिपीमा हिस्सा बढाउँदै लाने सरकारको भनाइ छ।

पर्यटन क्षेत्रमा दुई लाखलाई रोजगारी : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनसक्ने बताएका छन्।

सय दिनमा पर्यटन मन्त्रालयको ९५ प्रतिशत कार्यप्रगति

सरकार गठनको सय दिन पुगेको अवसरमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले यस अवधिमा आफ्नो मन्त्रालयमातहत भएका कामको प्रगति सार्वजनिक गरेका छन्।

पूर्वी नेपाल र सिक्किमबीच पर्यटन सम्बन्ध स्थापित गर्न पहल

इस्ट टुरिजम मार्ट–२०१८ को तयारीमा जुटेका पूर्वका पर्यटन व्यवसायीले भारतको सिक्किमसँग पर्यटन सम्बन्ध स्थापित गर्ने पहल थालेका छन् । आगामी जेठ २४ देखि २६ गतेसम्म धरानमा हुने इस्ट टुरिजम मार्टलाई सहभागीमुलक र फलदायी बनाउन सिक्किम पुगेका बेला पूर्वका पर्यटन व्यवसायीले ट्राभल एजेन्ट्सएसन अफ सिक्किम (तास)सँगको सहकार्यमा द्विदेशीय सीमा सर्किटको प्रयास थालेका हुन्।

पर्यटन विकासका लागि योजना बनाउँदै प्रदेश सरकार

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटन विकासका लागि प्रदेश सरकार योजना बनाइरहेको बताएका छन्।

रानी महल पुगे पर्यटनमन्त्री अधिकारी (फोटो फिचर)

पुरातात्विक महत्वको रानी महल स्थानीय तहलाई हस्तान्तरण गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले बताएका छन्। उनले एक महिनाभित्र तानसेन नगरपालिकालाई रानी महल हस्तान्तरण गरि संरक्षणको सम्पूर्ण जिम्मेवारी प्रदान गर्नेे बताएका हुन।

पर्यटन बोर्डको वेबसाइट चिनियाँ भाषामा

चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको वेबसाइट सञ्चालनमा ल्याएको छ।  प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई चिनियाँ पर्यटकको संख्या बढाउने ध्येयका साथ बोर्डले वेबसाइट शुरु गरेको हो।

क्यानभासमा माडीको पर्यटन

‘सेमी मोर्डन’ चित्र बनाउने कलाकार एनबी गुरुङ यति बेला चितवनको माडी नगरपालिकामा छन् । काठमाडौं बसेर चित्रकारिता गर्दै आएका पोखराका उनी चित्र कोर्ने काम कै लागि शनिबार माडी पुगेका हुन् । पहिलो पटक माडी आएका उनलाई यहाँको भिन्न जीवनशैलीले तान्यो ।

कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकता

प्रदेश १को सरकारकाले आगामि आर्थिक बर्षको बजेटमा कृषि, पर्यटन र भौतिपूर्वाधारलाई प्राथमिकता दिने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी आगामि आर्थिक बर्षको बजेटमा प्रदेश सरकारले कृषि, पर्यटन र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्