६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

मन्दिर दर्शन गरेर फर्किएका तिर्थालुकाे मृत्यु

ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरको दर्शन गरी फर्कदै गरेका एक तिर्थालुको बुधवार साँझ मृत्यु भएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका घर भएका ६१ बर्षीय कृष्णहरि थापाको मृत्यु भएको हो।

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

शुक्लागण्डकी–२ हलेदीमा भएको सडक दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ।  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत अर्घाखाँची शितगंगा नगरपालिका ३ का नन्दकुमार श्रेष्ठको मंगलबार राती  ८ बजे भएको दुर्घटनामा मृत्यु भएको हो।

भीरबाट लडेर एकको मृत्यु

रुकुम (पश्चिम)मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। बाँफिकोट गाउँपालिका –३ का ४० वर्षीय दुर्गाबहादुर खत्रीको लडेर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्।

दुर्घटनामा विद्यार्थीको मृत्यु

जिल्लाको रत्ननगर नगरपालिका–१० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा सोही ठाउँ निवासी १४ वर्षीय वसन्त थापाको मृत्यु भएको छ। ना४च ५००७ नम्बरको बोलेरोले सोमबार बिहान ९ः३० बजे थापालाई ठक्कर दिएको थियो।

दुर्घटनामा एक जनाको मृत्यु

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–४ तिलारमा मिनिट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन्।

मोजाम्बिकमा भीषण आँधी, एक हजार बढीकाे ज्यान गएकाे आशंका

मोजाम्बिकमा भीषण आँधीका कारण एक हजार भन्दा बढीको ज्यान गएको आशंका गरिएको छ। भीषण वर्षापछि आएको इडाई समुद्री आँधी परी उनीहरूको ज्यान गएको आशंका गरिएको हो। आँधीले मोजाम्बिकमा मात्रै १ हजारभन्दा बढीको ज्यान गएको छ भने जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन् ।

गाडीको ठक्करबाट एक विद्यार्थीको मृत्यु

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा विद्यार्थी मृत्यु भएको छ। रत्ननगर १० कै कैलाश टोलका १४ वर्षिय वसन्त थापालाई ना ४ च ५००७ नम्बरको बोलेरोले सोमबार बिहान ९:३० बजे ठक्कर दिएको थियो।

बोलेरोले जेब्राक्रसिङमै ठक्कर दिँदा विद्यार्थीको मृत्यु, सडक अवरुद्ध

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा बालकको मृत्यु भएको छ। रत्ननगर १० कै कैलाश टोलका १४ वर्षीय वसन्त थापालाई ना ४ च ५००७ नम्बरको बोलेरोले बिहान ९ः३० बजे ठक्कर दिएको थियो।

ओरालोमा रोकेको गाडी गुड्दा १ जनाको मृत्यु, ९ घाइते

भिरालो ठाउँमा रोकेको यात्रु बाहक गाडी गुड्दा १ जनाको ज्यान गएको छ। ९ जना घाइते छन्। एकको अवस्था चिन्ताजनक छ। डडेल्धुरा–डोटी जोड्ने केआई सिंह राजमार्ग अन्तर्गत गन्याधुरा गाउँपालिका–३ गुयलखेतमा रोकेको बा २ ख १६६५ नम्बरको माइक्रो गाडी (हाइस) गुड्दा दुर्घटनामा भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एककाे अवस्था गम्भीर

जिल्लास्थित हरिपुरमा आइतबार दिउँसो भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा लालबन्दी नगरपालिका–१, नेत्रगञ्ज निवासी ३५ वर्षीय राम एकवाल गुप्ताको मृत्यु भएको हो।

६ महिनामा १६ नवजात शिशुको मृत्यु

खोटाङमा ६ महिनाको अवधिमा १६ नवजात शिशुको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। गत अगष्टदेखि मार्चसम्म जिल्लामा २८ दिनमुनिका १६ नवजात शिशुको मृत्यु भएको वनहर्ट वल्डवाईडले जनाएको छ।

विवाह वा मृत्यु संस्कारका लागि सामुदायिक घर

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलामा सामुदायिक पाटी घर निर्माण गरिएको छ। स्थानीय तामाङ र शेर्पा समुदायको विवाह, घेवा (मृत्युपछिको संस्कार), चाडपर्व, सामूहिक भोजलगायतका सार्वजनिक कार्यक्रम गर्न नुनथला गैरीमा सामुदायिक पाटी घर निर्माण गरिएको हो।

लडेर वृद्धको मृत्यु

खोटाङमा मंगलबार लडेर एक वृद्धको मृत्यु भएको छ। दाउरा लिएर घर फर्कने क्रममा लडेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाको ७० वर्षीय टीकाराम गुरुङको मृत्यु भएको हो।

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रा १ त ११५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा जिल्लाको शारदा नगरपालिका १३ चिसापानी का २३ वर्षीय चालक कृष्ण डाँगी र उनका साथमा रहेका चैबाङ्गज्युला घर भएका १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

'क्षतिपूर्ति हाेइन न्याय'

बाँकेको जानकी गाउँपालिका–६ कपासी गाउँका यादव परिवार न्यायको पर्खाइमा छ । प्रहरी हिरासतमा रहँदा भदौ ७ गते अचेत भएपछि यादव परिवारको जेठो सन्तान ३० वर्षीय राममनोहर यादवको उपचारका क्रममा भदौ १५ गते मृत्यु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्