२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बीओके आइएमई पे वालेटमा आवद्ध

आइएमई पेका सेवाग्राहीले अबदेखि बैंक अफ काठमाण्डू लिमिटेडको खातामा लिंक गरी आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन्।

तत्काल बैंक ग्यारेन्टी जफत नगर्न आदेश

कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीको बैंक ग्यारेन्टी तत्कालका लागि जफत नगर्न र कालो सूचीमा नराख्न अदालतले सिक्टा सिँचाइ आयोजनालाई अन्तरिम आदेश दिएको छ। उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले मुद्दाको टुंगो नलाग्दा सम्मका लागि यस्तो आदेश दिएको हो।

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखाको शुभारम्भ

माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ। बैंकले शुक्रवार मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिकास्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिकास्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ।

बजार अध्ययन गर्न समिति

वाणिज्य बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर चर्को रुपमा बढाउन सुरु थालेपछि आर्थिक गतिविधि विस्तारमा समस्या आउने आँकलन गर्दै सरकारले यसको समग्र अध्ययन गर्न समिति गठन गरेको छ।

ब्याजदरमा बैंकहरुको मनोमानीले ऋणीहरु त्रसित, अध्ययन गर्न समिति गठन

स्थानीय निकायको ४० अर्व रुपैयाँ बचतका रुपमा पाएलगत्तै बैंकहरुले ब्याजदर बढाउने चलखेल गरेपछि निजी क्षेत्रका लगानीकर्ता तथा सरकारसमेत बाणिज्य बैंकहरुप्रति रुष्ट बनेका छन्। अर्थमन्त्रालयले समस्या अध्ययन गर्न एक उच्चस्तरीय समितिसमेत गठन गरेको छ।

लुटिएकाे एटिएम कार्डले पुर्‍यायो हिरासत (भिडियो)

तस्बिरमा देखिएका युवक ललितपुर कुमारीपाटीस्थित सिटिजन्स बैंकको एटिएम बुथमा प्रवेश गर्छन्। कालो क्याप पछाडि फर्काएका र कानमा एयरफोन लगाएका ती युवक एटिएम कार्ड प्रयोग गरेर पैसा निकाल्ने कोसिसमा लाग्छन्।

आफूखुसी ब्याज दिने बैंकरको सहमति

व्यक्तिगत निक्षेपमा लगाइँदै आएको ब्याजदरको सीमा हटाउने नेपाल बैंकर्स संघको निर्णयसँगै त्यस्तो निक्षेपको ब्याजदर बढ्ने भएको छ। मंगलबार बसेको संघको बैठकले व्यक्तिगत निक्षेपको ब्याजदर स्वतन्त्र रुपले बैंक आफैंले तोक्न सक्ने निर्णय गरेसँग व्यक्तिगत निक्षेपको ब्याजदर बढ्ने वातावरण बनेको हो।

माछापुच्छ्रे र सानिमा जनरलबीच बैंकास्योरेन्स

माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सानिमा जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरे।

कावासोतीमा ज्योति विकास बैंकको शाखा

ज्योति विकास बैंक लिमिटेडले नवलपुरको कावासोतीमा शाखा खोलेको छ। कावासोती नगरपालिका–८ मा आइतबार सोही वडाका अध्यक्ष आनन्द गुरुङ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन्।

आयोजकलाई उपाधि

आयोजक सेन्चुरी बैंकले शनिबार सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेटको पाँचौं संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनलमा सेन्चुरीले एनआइसी एसिया बैंकमाथि तीन विकेटको जित निकाल्दै उपाधि आफ्नो बनायो।

लघुवित्तको व्याजले विपन्नमाथि अन्यायः प्रधानमन्त्री ओली

लघुवित्त संस्थाकाे व्याजदर उग्र भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई नियन्त्रणमा लिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन्।

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको चन्द्रौटा शाखाले कपिलवस्तुको खुरखुरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, पोसाक तथा सरसफाइका सामान सहयोग गरेको छ।

दार्चुलामा नेपाल इन्भेस्टमेन्ट बैंक

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले दार्चुला जिल्लाको दुहु गाउँपालिकास्थित हिकिलामा ७८औं शाखा खोलेको छ। ११ हजार जनसंख्याको बसोबास रहेको दुहु सदरमुकामबाट १९ किलोमिटरको दुरीमा छ। तिंकर सडकखण्ड अन्तर्गत पर्ने दुहुका बासिन्दाको मुख्य पेसा जडीबुटी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्