२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ग्लोबल आईएमई र दोहा बैंकबीच सम्झौता

ग्लोबल आईएमई बैंक र कतारस्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरागाई, उप्रेतीले विदा लिए

राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक केबी उप्रेती प्रवन्धकीय जिम्मेवारीबाट हटेका छन्। बैंकको सञ्चालक समितिको मंगलवार सम्पन्न बैठकबाट उनले प्रबन्धकीय जिम्मेवारीबाट विदा लिएका हुन्। सहकारी बैंकको विनियम बमोजिम २०७० साल मंसिर २५ गते सम्पन्न वैठकले बैंकका सञ्चालक उप्रेतीलाई महाप्रवन्धकको समेत जिम्मेवारी बहन गर्ने गरी प्रवन्ध सञ्चालकको जिम्मेवारी दिएको थियो।

एनएमबीले ल्यायो सहूलियतपूर्ण कर्जा योजना

एनएमबी बैंकले सहुलियतपूर्ण कर्जा योजना सञ्चालनमा ल्याएको छ। सरकारले ल्याएकाे सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि अनुसार विपन्नवर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमकालागि सहुलियत प्रदान गर्ने उदेश्यले एनएमबि बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत “एनएमबि सहुलियतपूर्ण कर्जा”  संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।

‘करेक्सन’को बाटोमा सेयर बजार

मंसिर १९ गते १११८.१३ बिन्दुमा आइपुगेरको नेप्से पुस १ गते ११६७.६७ पुगेको छ। १५ दिनको अवधिमा नेप्से करिब ५० बिन्दुले उकालो लागेको छ। २०७२ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर पुनः बढ्नुलाई लगानीकर्ताहरु ‘करेक्सन’को बाटो रोजेको बताउँछन्।

‘बैंकहरूमा लगानीयोग्य पुँजीको अभाव छ’

हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत अशोक राणाको बैंकिङ क्षेत्रमा लामो अनुभव छ । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव भएका कारण ठूलो ऋण दिन सक्ने अवस्थामा बैंकहरु नरहेको बताउने राणाले यस्तो समस्या लामो समय रहे बैंकिङ क्षेत्रलाई मात्र होइन अर्थतन्त्रलाई नै अप्ठ्यारो पर्नेे बताउँछन् ।

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई थ्रीडी सेक्योर प्रविधि

मेगा बैंक नेपाल लिमिटेडले इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ। भिसा कार्ड इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारका लागि अतिरिक्त सुरक्षा तहका रूपमा रहनेछ। मेगा बैंकले भिसासँगको साझेदारीमा आइजिल्यान्ट टेक्नोलोजीमार्फत यो सेवा संचालनमा ल्याएको हो।

कनेक्टिभिटी भए निर्यात चार गुणा बढ्ने

नेपालले दक्षिण एसियाली मुलुकहरुमा हुने निर्यात चार गुणा बढाउन सम्भव रहेको विश्व बैंकले जनाएको छ। शुक्रबार ‘अ ग्लास हाफ फुल’ प्रतिवेदन सार्वजनिक गर्दै बैंकका उच्च अधिकारीले उक्त धारणा राखेका हुन्।

नेपालमा व्यापार-लगानी सम्भावना उपयोग न्यून : विश्व बैंक

दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात व्यापार गर्ने क्षमता भएको नेपालले मुस्किलले आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गर्दै आएको एक प्रतिवेदनले देखाएको छ।

सेञ्चुरी बैंकद्वारा अनाथलाई सहयोग

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेल्पलेस चिल्ड्रेन होम कीर्तिपुर नगरपालिका वडा नं. ६ चोभारस्थित आश्रमलाई सहयोग गरेको छ। उक्त आश्रममा अनाथ, असाहय, अपांग तथा विपन्न वर्गका बालबालिका करिब ३८ जना छन्।

महेन्द्रनगरमा गण्डकी विकास बैंक

गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा शाखा खोलेको छ। प्रदेश ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले उक्त शाखा उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

ऋण जति नेपाललाई पैसा जति भारतमै

सडकलगायतका पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैंकबाट लिने गरिएको ऋणमा अनेक सर्त राखिएका कारण त्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ। सोही सास्तीका कारण सन् २०१४ देखि खर्च गर्ने भनिएको ५५० मिलियन अमेरिकी डलर अझै खर्च हुन सकेको छैन। त्यसअघि सन् २०११ मा दुई देशबीचको सम्झौताअनुसारको २५० मिलियन डलरको ऋण पनि करिब ७० प्रतिशत मात्र खर्च हुन सकेको छ।

कृषक, महिला तथा साना उद्यमीलाई माछापुच्छ्रे बैंकको बिनाधितो सरलीकृत कर्जा

माछापुच्छ्रे बैंक लिमिटेड, यूकेएड सक्षम र हेफर इन्टरनेशनलबीच संयुक्त सहकार्यमा ग्रामिण क्षेत्रमा रहेका महिला उद्दमी तथा कृषकलाई आफ्नो जीवनस्तरमा आर्थिक सुधारका लागि सरलीकृत लघुकर्जा दिने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोेले हस्ताक्षर गरे।

एटिएम तोडफोड गर्ने पक्राउ

मुक्तिनाथ विकास बैंकको एटिएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिसीटिभी फुटेजको आधारमा महानगरीय प्रहरी वृत्त वानेश्वरबाट खटिएको टोलीले सिरहा सुखीपुर नगरपालिका ६ घर भई हाल काठमाडौं ३१ देउराली क्लबमा बस्ने १८ वर्षीय किशोर यादवलाई पक्राउ गरेको हो। मंसिर ११ गते बानेश्वर शाखाको एटिएम तोडफोड गरी फरार रहेका यादव सोमबार पक्राउ परेका हुन्।

माछापुछ्रे, युकेएड सक्षम र हेफर सम्झौता

माछापुछ्रे बैंक लिमिटेड, युकेएड सक्षम र हेफर इन्टरनेसनल नेपालबीच सरलीकृत लघुकर्जा सेवासम्बन्धी संयुक्त सम्झौता भएको छ।

भारतको केन्द्रीय बैंकका गर्भनरद्वारा पदबाट राजीनामा

भारतको केन्द्रीय बैंक भारतीय रिजर्व बैंक (आरबीआई)का गर्भनर उर्जित पटेलले पदबाट राजीनामा दिएका छन्। आरबीआईमा डेपुटी गर्भनर र गर्भनरका रुपमा ६ वर्षसम्म काम गरेका पटेलले सोमवार घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्