१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीको सम्पत्ति विवरण: बयालिस लाख बैंक ब्यालेन्स,१८ तोला सुन र दुइटा घर

प्रधानमन्त्री केपी शर्मा ओलीकाेको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । विवरण अनुसार ओलीको  २ वटा घर १८ तोला सुन, बैंकमा ४२ लाख लगायतको सम्पत्ति रहेको छ।

घोराही र पर्सामा गण्डकी विकास बैंक

गण्डकी विकास बैंकले दाङको घोराही र चितवनको पर्सामा शाखा खोलेको छ । घोराही शाखाको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले र पर्सा शाखाको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले उद्घाटन गरेको बैंकले जनाएको छ।

हिमालयन बैंकको बाल सुधार संघलाई सहयोग

हिमालयन बैंक लिमिटेडले बूढानीलकण्ठ नगरपालिकास्थित नाथ असहाय बाल सुधार संघलाई ७५ हजार बराबरको पाँच थान दुईतले खाट प्रदान गरेको छ।

मेगा बैंकमा इन्टरनेटबाटै खाता खोल्न सकिने

मेगा बैंक नेपाल लिमिटेडले स्वदेश तथा विदेशमा रहेका ग्राहकले इन्टरनेटबाटै खाता खोल्न सक्ने सुविधा ल्याएको छ । ग्राहकलाई नविनतम सुविधा थप्दै जाने क्रममा बैंकले स्वदेशी तथा विदेशी नागरिकलाई इन्टरनेटमार्फत खाता खोल्न सकिने अत्याधुनिक अनलाइन सुविधा ल्याएको जनाएको छ।

सातदोबाटोमा सेञ्चुरी बैंक

सेञ्चुरी कमर्सियल बैंकले ललितपुरको सातदोबाटोमा शाखा खोलेको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उक्त शाखा उद्घाटन गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

धनगढीमा गण्डकी विकास बैंक

गण्डकी विकास बैंकले कैलालीको धनगढीमा शाखा खोलेको छ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले ग्राहकलाई प्रदान गर्ने सेवा गुणस्तरीय हुनुपर्नेमा जोड दिएको बैंकले जनाएको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडको समेत सहभागिता रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सन्राइज बैंकद्वारा मन्दिरलाई सिसिटिभी हस्तान्तरण

सन्राइज बैंक लिमिटेडले काभ्रेको बनेपा, नालास्थित करुणामय मन्दिरलाई सिसिटिभी क्यामरा युपिएस हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमबीच बैंकले उक्त सिसिटिभी हस्तान्तरण गरेको हो।उग्रचण्डी नाला समाजले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बनेपा नगरपालिकाका वडाअध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा क्यामरा हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

ज्योति विकास बैंक अन्तरक्रिया कार्यक्रम

ज्योति विकास बैंक ठमेल शाखाको आयोजना र मनी चेन्जर एसोसिएसनको सहकार्यमा वैदेशिक मुद्रा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाको सहभागीतामा उक्त कार्यक्रम भएको हो।

नेपालगन्जमा गण्डकी विकास बैंक

गण्डकी विकास बैकले नेपालगन्जमा शाखा सञ्चालन गरेको छ । बैंकका अध्यक्ष जगनबहादुर गुरुङले उक्त शाखाको उद्घाटन गरेका थिए ।

५७ शाखा स्थापना गर्न १४ वाणिज्य बैंकसँग साझेदारी

युकेएड सक्षमले कर्णाली प्रदेश तथा प्रदेश ५ र ७ का गाउँपालिकाहरूमा ५७ वटा नयाँ बैंक शाखा स्थापना गर्ने उद्देश्यले १४ वटा वाणिज्य बैंकसँग साझेदारी गरेको हो । बिहीबार विकेन्द्रीकरणको मर्मअनुरूप देशका सबै सात सय ५३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने सरकारको लक्ष्यलाई समर्थन गर्ने युकेएड तथा सक्षमको उद्देश्यअनुरूप यी साझेदारी भएका हुन्।

टाँडीमा एभरेस्ट बैंक

एभरेस्ट बैंकले चितवनको टाँडीमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए।

हाम्रो विकास बैंकको सभा

हाम्रो विकास बैंकको नवौं वार्षिक साधारण सभा भएको छ । उक्त साधारण सभाले ७.३० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.३८३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।कार्यक्षेत्रलाई नुवाकोट बाहेक धादिङ, चितवन, तनहुँ र कास्कीमा विस्तार गर्ने निर्णयसमेत गरेको छ।

इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादीकाे संज्ञा

अमेरिकाले इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादी संज्ञा दिँदै उनीमाथि आर्थिक प्रतिबन्ध लगाएकाे छ।

निर्धन उत्थान बैंकको तरकारी खेती तालिम

निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफ्ना ३० जना ग्राहक सदस्यको सहभागितामा गत २७–२९ गतेसम्म मुगुको गमगढीमा ‘व्यावसायिक तरकारी खेती तालिम’ सम्पन्न गरेको छ । उक्त तालिम निर्धन र सक्षमको संयुक्त पहलमा सञ्चालन गरिएको थियो।

गरिमा विकास बैंकको गरिमा रेमिट सञ्चालन

गरिमा विकास बैंकले गरिमा रेमिट नाममा रेमिट्यान्स सेवा सुरु गरेको छ । बैंकले मंगलबार आयोजना गरेको एक कार्यक्रममा सञ्चालक आनन्दप्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरेको बैंकले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्