१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाल बंगलादेश बैंकको पाँच शाखा

नेपाल बंगलादेश बैंक लिमिटेडले पाँच नयाँ शाखाबाट कारोबार सुरु गरेको छ ।बैंकले बाराको सिमरा, परवनीपुर, मकवानपुरको मकवानपुरगढी, दाङको बबई, हापुरे र कपिलवस्तुको चन्द्रौटा शाखाबाट औपचारिक कारोबार सुरु गरेको सोमबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

महालक्ष्मी र सिटिजनबीच बैंकास्योरेन्स सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकासुरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

लक्ष्मी बैंकको दुई नयाँ शाखा

लक्ष्मी बैंकले सोमबारबाट दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको मनरा र रामेछापको खाँडादेवी गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे हो।

सिटिजन्स बैंकद्वारा एकै दिन ६ शाखा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकै दिन ६ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमिगरिमा शाखा सञ्चालनमा ल्याएको जनाएको हो।

जनताको पैसा तलमाथि गर्ने बैंकलाई कारबाही : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले जनताको पैसा तलमाथि गर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्थामा ९० प्रतिशत पैसा सर्वसाधारणको हुने भएकोले पनि तलमाथि गर्न नहुने उनको भनाइ थियो।

दोर्दीमा जनता बैंक

जनता बैंक दोर्दी शाखाको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले उद्घाटन गरेका छन् । मुख्यमन्त्री गुरुङले सरकारको प्रत्येक गाउँपालिकामा बैंक शाखा पु¥याउने नीतिअनुरुप दोर्दीमा जनता बैंकको शाखा स्थापना भएकोमा खुशी व्यक्त गरे।

बैंकास्योरेन्स सम्झौता

प्रिमियर इन्स्योरेन्स कम्पनी र गण्डकी विकास बैंकबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय र गण्डकी बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले हस्ताक्षर गरेका छन्।

मेगा र टुरिजम डेभलपमेन्ट बैंक गाभिए

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन्।

नेसनल लाइफ र गण्डकीबीच बैंकासुरेन्स सम्झौता

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र पोखराको गण्डकी विकास बैंकबीच बिहीबार बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ।

नेपाल बंगलादेश बैंकको एकै दिन चार शाखा

नेपाल बंगलादेश बैंक लिमिटेडले एकै दिन चार शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक माधवप्रसाद न्यौपानेले शाखाको उद्घाटन गरेका हुन्।

ओखलढुंगाको मानेभञ्ज्याङमा मुक्तिनाथ बैंक

मुक्तिनाथ विकास बैंक लिमिटेडले ओखलढुंगाको मानेभञ्ज्याङमा शाखा विस्तार गरेको छ। शुक्रबार मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राईले उक्त शाखा कार्यालयको उद्घाटन गरे। बैंकको यो ८०औं शाखा रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

सांग्रिला र प्रभुु लाइफबीच बैंकास्योरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सो सम्बन्धी सहमतिपत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्स कम्पनीका प्रमुुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरे।

धरानमा एनसिसी बैंक

नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले सुनसरीको धरानमा शाखा स्थापना गरेको छ । बैंकको सञ्चालक समिति सदस्य इमानसिंह लामाले महेन्द्रपथस्थित शाखा कार्यालयको बिहीबार उद्घाटन गरे । शाखाबाट बैंकले सबै प्रकारका बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्