१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

विराटनगरमा एनसिसी बैंक

एनसिसी बैंकले मोरङको सुन्दरहरैंचा नगरपालिका, वडा नम्बर १० को विराटचोका शाखा सञ्चालन गरेको छ । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले उक्त शाखा उद्घाटन गरेको बैंकले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

विराटनगरमा मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले विराटनगरमा शाखा विस्तार गरेको छ । यो उसको ७८औं शाखा हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ । बैंकका ब्रान्ड दूत सीताराम कट्टेल (धुर्मुुस) र कुन्जना घिमिरेको (सुन्तली) सहभागितामा उक्त शाखा उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भोजपुरमा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंक लिमिटेडले भोजपुको साल्पासिलिछोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमकाबीच ५७औं शाखा सञ्चालनमा ल्याएको हो।

गरिमा - रिलायबल बैंकान्स्योरेन्स सम्झौता

गरिमा विकास बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सोमबार एक कार्यक्रमकाबीच सम्झौता भएको हो।

सिटिजन्स बैंकमा रक्तदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १२ औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैंकले ११ औं वार्षिकोत्सवको अवसरमा बैंकले ‘रक्तदान जिवनदान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम गरेको हो ।

कालधारामा एनसीसी बैंक

एनसीसी बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमका बीच काठमाडौंको कालधारामा सो शाखा संचालनमा ल्याएको हो।

वैशाखमा मेगा बैंकका ११ शाखा

मेगा बैंक नेपाल लिमिटेडले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने भएको छ। नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम मेगा बैंकले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो। यसैक्रममा पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबार नयाँ शाखा खुलिसकेको छ।

राष्ट्रबैंकद्वारा यातायात समितिको बैंक खाता रोक्का

नेपाल राष्ट्र बैंकले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर सञ्चालनमा आएका यातायात संघसस्थाको बैंक खाता रोक्का गरेको छ। यातायात व्यवस्था विभाग र अर्थमन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले २ सय ४५ यातायात संघ संस्थाको आइतबार बैंक खाता रोक्का गरेको हो।

कुमारी बैंक र बि एण्ड सि बीच सम्झौता

कुमारी बैकले गुणस्तरिय उपचारमा सहुलियत दिने उद्देश्यले बिर्तामोड, झापामा रहेको बि एण्ड सि मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सम्झौता गरेको छ।

घान्द्रुकमा माछापुच्छ्रेको शाखारहित बैंकिङ

माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा शाखारहित बै‌किङ सेवा सुरु गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १०, घान्द्रुकमा उक्त सेवा सुरु गरेको हो।

सांग्रिला र लाइफ इन्स्योरेन्सबीच बैंकासुुरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालबीच बैंकासुुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। शुक्रबार एक कार्यक्रमबीच सम्झौता भएको हो।

यातायात व्यवसायीकाे बैंक खाता राेक्का, पदाधिकारीकाे सम्पत्ति छानबिन हुने

सरकारले सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको छ।

सिभिल बैंकको ट्याब बैंकिङ

सिभिल बैंकले ट्याब बैंकिङ सेवा सुरु गरेको छ । बुधबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवा सुरु गरेका थिए। सूचना प्रविधि उपयोग गरी ग्राहकलाई सहज बैंकिङ सुविधा घर–दैलोमै उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरेको बैंकले जनाएको छ।

बागलुङमा एनसिसी बैंक

नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले बागलुङमा शाखा स्थापना गरेको छ। बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्