काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालबीच बैंकासुुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। शुक्रबार एक कार्यक्रमबीच सम्झौता भएको हो।
सम्झौतापत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र लाइफ इन्स्योरेन्सका प्रमुुख कार्यकारी अधिकृत अभिजित घोष दास्तिदारले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता अनुुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले बैंकको जुुनसुुकै शाखाबाट लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बिमासेवा लिन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २३ वैशाख २०७५ ०२:२७ आइतबार