१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

सानो मिल्ती खोलामा वाणिज्य बैंकले लगानी गर्ने

रामेछाप जिल्लाको मन्थली नगरपालिका १३ र १४ (साबिकको फुलासी गाविस) मा निर्माणाधीन सानो मिल्तीखोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ। बिहीबार बैंक र कम्पनीबीच ऋण लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सानो मिल्तीखोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष सुरेश लिम्बुले हस्ताक्षर गरे।

एनआइडिसी डेभलपमेन्ट र राष्ट्रिय वाणिज्य बैंकको एकीकृत कारोबार

एनआइडिसी डेभलपमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंक गाभिएर बुधबारबाट एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबार अर्थमन्त्री युवराज खतिवडाले थालनी गरेको बैंकले जनाएको छ।

विहादीमा प्रभु बैंकको शाखा

प्रभु बैंकले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार पर्वत जिल्लाको विहादी गाउँपालिका वडा नं ४ मा सो शाखा सञ्चालनमा ल्याएको हो।

कुमारी बैंकका कर्मचारीलाई सुरक्षा तालिम

कुमारी बैंक लिमिटेडले ग्राहकको सम्पत्ति तथा जिउधनको आकस्मिक दुर्घटना जस्तै आगलागीबाट बच्ने तथा सोको न्यूनीकरण गर्ने उपायबारे सम्बन्धित कर्मचारीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिम दिएको छ।

एनसिसी बैंकद्वारा बेनीमा शाखा स्थापना

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी)ले म्याग्दीको बेनी नगरपालिका ७ मा शाखा कार्यालय स्थापना गरेको छ।

लेखनाथ र कुष्मामा मेगा बैंक

मेगा बैंक नेपाल लिमिटेडले कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुष्मामा नयाँ शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिका–२७ तालचोक र कुष्माको लोकतान्त्रिक चोकमा शाखा बिस्तार गरिएको हो।

जनता बैंकद्वारा व्यायाम मेसिन हस्तान्तरण

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेप्लिज पार्किन्सन डिजिज एसोसिएसनलाई व्यायाम मेसिन हस्तान्तरण गरेको छ।

१५ बैंक अर्ब क्लबमा

नौ महिनाको अवधिमा एक अर्बभन्दा बढी नाफा आर्जन गर्ने बैंकको संख्या १५ पुगेको छ। हालसम्म सार्वजनिक भएको त्रैमासिक वित्तीय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट, नबिल, नेपाल, एभरेस्ट, कृषि विकास, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, एनएमबी, नेपाल एसबिआई, प्राइम कमर्सियल, सिद्धार्थ, सानिमा र सिटिजन्स बैंक अर्बभन्दा बढी नाफा कमाउनेको सूचीमा परेका छन्।

नारायणगढमा गुहेश्वरी मर्चेन्ट बैंकिङ

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले चितवनको नारायणगढमा शाखा सञ्चालन गरेको छ। फाइनान्सले एक कार्यक्रमबीच १०औं शाखा उद्घाटन गरेको हो।

हलेसीमा माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा शाखा खोल्ने भएको छ। हलेसीबजारमा डिजिटल बैकिङ सुविधासहितको शाखा विस्तार गर्न लागेको नगरका मेयर इवन राईले बताए।

बझाङ र बाजुरामा महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर सेवा विस्तार गर्ने क्रममा मंगलबार ११ गते बझाङको चैनपुर र बिहीबार बाजुरा जिल्लाको मार्तडीमा शाखा खोलेको छ।

ज्योति बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली

ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार ज्ञवालीलाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई नियुक्त गरेको बैंकले जनाएको छ । उनलाई आगामी चार वर्षका नियुक्त गरेको हो।ज्ञवालीले करिब पाँच वर्ष अधिकृत स्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभागअन्तर्गत काम गरेका छन्।

आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियल बैंकबीच सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र सेन्चुरी बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ।

संगीतकार संघलाई सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंक इन्टरनेसनलले संगीतकार संघ नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले संघलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो।बैंकले आफ्नो वार्षिक उत्सवको अवसरमा सामाजिक रूपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग गर्दै आएको छ।

आइएमई इन्स्योरेन्स र सेन्चुरी बैंकबीच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्