काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ।
सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सेन्चुरी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गरे।
सम्झौतापश्चात सर्वसाधारण तथा बैंकका ग्राहकले सेन्चुरी बैंकको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।
आइएमई इन्स्योरेन्सले हाल ५० स्थानबाट विभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: १३ वैशाख २०७५ १६:३० बिहीबार