काठमाडौं– कुमारी बैंक लिमिटेडले ग्राहकको सम्पत्ति तथा जिउधनको आकस्मिक दुर्घटना जस्तै आगलागीबाट बच्ने तथा सोको न्यूनीकरण गर्ने उपायबारे सम्बन्धित कर्मचारीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिम दिएको छ।
बैंकको ‘कन्टिजेन्सी म्यानेजमेन्ट फ्रेमवर्क – २०१६ पोलिसी गाइडलाइन’को व्यवस्था बमोजिम उक्त तालिम दिएको बैंकले जनाएको छ । आकस्मिक रुपमा हुने आगलागीले ग्राहक, बैंकको सम्पत्ति र कर्मचारीलाई नोक्सानी पु¥याउने हुँदा त्यस्तो जोखिमबाट बच्न तालिम आयोजना गरिएको बैंकले जानकारी दिएको छ ।
आगलागीबाट बैंकको लकर, स्टोर, रेकर्ड रुम, कम्युटर लगायत चल–अचल सम्पत्ति नोक्सानी हुने भएकाले त्यस्तो जोखिम रोकथाम गर्न तालिम आयोजना गरेको हो ।
सुरक्षा विधि तथा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा बैंकका विभिन्न शाखाका कर्मचारी सहभागी थिए । कुमारीले कर्मचारीको क्षमता बढाउन बेलाबेलामा यस्ता तालिम दिने गरेको जनाएको छ ।
प्रकाशित: २० वैशाख २०७५ ०१:२३ बिहीबार