१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्र बैंकको सञ्चालकमा कर्ण नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा सुवोधकुमार कर्णलाई नियुक्त गरेको छ। कर्ण मन्त्रिपरिषद् बैठकबाट राष्ट्र बैंकको रिक्त सञ्चालक पदमा ५ वर्षका लागि नियुक्त भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

बैंकमा अझै सिन्डिकेट

बैंकहरूले आफूले दिएको ऋणको ब्याजभन्दा निक्षेपको ब्याजको अन्तर ठूलो बनाएका छन् । यो अन्तर पाँच प्रतिशतभन्दा बढी हुनु हुँदैन । त्यसले बैंकहरूलाई बढ्ता जनमुखी बनाउँछ । सिन्डिकेट सिर्जना गरेर आफ्नो मुनाफा बढाउँदैमा बैंकिङ क्षेत्रले विश्वसनीयता बढाउन सक्दैन।

एभरेस्ट बैंकले एलआइसीको जीवन बिमा योजना बेच्ने

एभरेस्ट बैंकले एलआइसी नेपालस“ग बैंकास्योरेन्स संझौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले काठमाडौंमा आयोजित एक समारोहमा सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको एलआइसी नेपालको विज्ञप्तिमा उल्लेख छ।

बैंक सिन्डिकेटलाई निरन्तरता

सरकारले सार्वजनिक यातायातका क्षेत्रको सिन्टिकेट खारेज गर्ने घोषणा गरेका बेला वाणिज्य बैंकहरुले भने सिन्टिकेटलाई निरन्तरता दिने सहमति गरेका छन्।

अससहायलाई जनता बैंकको सहयोग

जनता बैंकले निःसहाय सहयोग परिषद्, धरानलाई एक लाख रुपैयाँ सहयोग दिएको छ ।धरान उपमहानगरपालिका वडा नं. ८ मा रहेको निःसहाय सहयोग परिषद्ले बालबालिकाको शिक्षा र सीप विकासमा काम गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनबी बैंकमा श्रेष्ठ र देवकोटा

नेपाल बंगलादेश (एनबी) बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा सुरेन्द्रभूषण श्रेष्ठ नियुक्त भएका छन् । सहायक महाप्रबन्धक (एजिएम) मा सुरेश देवकोटा नियुक्त भएको बैंकले जनाएको छ।

ज्ञानेश्वरमा प्रभु बैंक

प्रभु बैंकले ज्ञानेश्वरमा शाखा खोलेको छ।बैंकका सञ्चालक पुष्पबहादुर प्रधानले उक्त शाखा उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेवाग्राहीसँग घुस लिने वाणिज्य बैंकका प्रबन्धक पक्राउ

सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन्।

ऋणको ब्याज घटाउँदै बैंक

करिब ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त हुन थालेपछि ऋणको ब्याजदर घटाउने अवस्थामा पुगेका छन्।

एनएमबि बैंकको सातौं हेरिटेज वाक

एनएमबि बैंकले विश्व सम्पदा दिवसको अवसरमा सातौं एनएमबि बैंक हेरिटेज वाक–२०१८ गरेको छ। बैंकले शनिबार उक्त हेरिटेज वाक गरेको हो।

सिटिजन्स बैंक १२ वर्षमा

सिटिजन्स बैंक इन्टरनेसनल १२ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले केन्द्रीय कार्यायलमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।

माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स ल्याउने

माछापुच्छ्रे बैंक र टर्कीस्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समिति सदस्य सेरहन काभीले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्