काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा सुवोधकुमार कर्णलाई नियुक्त गरेको छ।
कर्ण मन्त्रिपरिषद् बैठकबाट राष्ट्र बैंकको रिक्त सञ्चालक पदमा ५ वर्षका लागि नियुक्त भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
राष्ट्र बैंकका सञ्चालक बालकृष्णमान सिंहले अवकास पाउँदा यो पद रिक्त थियो।
कर्ण नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका पूर्व अध्यक्ष हुन्।
प्रकाशित: १२ वैशाख २०७५ १४:१३ बुधबार