काठमाडौं– ज्योति विकास बैंक ठमेल शाखाको आयोजना र मनी चेन्जर एसोसिएसनको सहकार्यमा वैदेशिक मुद्रा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाको सहभागीतामा उक्त कार्यक्रम भएको हो।
बैंकले निकट भविष्यमा नौवटा नयाँ शाखा र आठवटा नयाँ एटिएम सञ्चालन गर्ने जनाएको छ ।हाल बैंकले ५० वटा शाखा, १४ वटा एटिएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले १५ अर्ब ६ करोड निक्षेप संकलन गरेको छ । बैंकको हालको चुक्ता पुँजी दुई अर्ब ५९ करोड कायम रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ७ जेष्ठ २०७५ ०१:१४ सोमबार