१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

टी–२० त्रिकोणात्मक सिरिज: नेपाल आज क्यानडासँग भिड्दै

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ। क्यानडाको किङ्ग्स सिटीमा हुने नेपाल र क्यानडाबीचको खेल राति ९ः४५ बजेबाट सुरु हुनेछ।

पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपाल आज भने आफ्नो दोस्रो जितको खोजीमा रहने छ। पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ओमानलाई ३७ रनले पराजित गरेको थियो।

सिरिज अन्तर्गत नेपालले आफ्नो अन्तिम तथा तेस्रो खेल ओमनसँग खेल्ने छ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टीममा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) मा रहेका छन्।

प्रकाशित: १५ आश्विन २०८१ १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App