१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सन्सिल्कले ल्यायो ‘सन्सिल्क भाइब्स’ अभियान

कपाल र आत्मविश्वासको उत्सव मनाउँन सन्सिल्कले ‘सन्सिल्क भाइब्स’ अभियान ल्याएको छ । सन्सिल्क दशैं भाइब्स अभियानको सफलतालाई अघि बढाउँदै, सन्सिल्कले नयाँ सन्सिल्क भाइब्सको रूपमा प्रस्तुत गरेको हो ।

यो अभियान असोज ११ देखि सुरु भई मङ्सिरसम्म चल्ने कम्पनीले जनाएको छ । यसले सहभागीहरूलाई आफ्नो विशेष क्षणहरू चाडपर्व होस् या दैनिकी, सामाजिक सञ्जालमा सेयर गर्न आमन्त्रण गर्छ, जहाँ कपाल मुख्य आकर्षणको रूपमा हुनेछ ।

नेपालभरका सहभागीहरूले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षणहरू सामाजिक सञ्जालमा साझेदारी गर्दै आफ्ना अनौठा सन्सिल्क स्टाइल र भाइब्स देखाएर यस प्रतिस्पर्धामा भाग लिन सक्ने कम्पनीले जनाएको छ । साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्छन् ।

कम्पनीको यस अभियानको सुरुवात एउटा उत्साही गीतबाट गरिएको छ । र यो गीतसँगै प्रिन्सी र प्रिस्मा, साथै गत वर्षको सन्सिल्क ग्याङ अफ गर्ल्स प्रतिस्पर्धाका विजेता सुस्मिता बन्जारा, सजिना खनाल, र विजया प्रधानजस्ता लोकप्रिय इन्फ्लुएनसरहरुले आफ्नो भाइब्स देखाउनेछन् ।

कम्पनीकोअनुसार प्रतिस्पर्धामा भाग लिनका लागि, सन्सिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्रामरफेसबुक रिल्स बनायी आफ्नो सन्सिल्क स्टाइल र व्यक्तित्व देखाउनु पर्नेछ । यस अभियानको उद्देश्य युवतीहरूलाई आफ्नै शैली र व्यक्तित्व अँगाल्न प्रेरित गर्नु हो ।

प्रकाशित: १५ आश्विन २०८१ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App