१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

आइएफसी–निर्धन उत्थान बैंक सम्झौता

विश्व बैंकको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) र निर्धन उत्थान बैंक लिमिटेडबीच कर्जाको लागि सम्झौता भएको छ ।

सिभिल बैंकको चन्द्रसूर्य बचत खाता

सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज पाइने बचत खाता योजना ‘चन्द्रसूर्य बचत खाता’ ल्याएको छ । बैंकले यस बचत खातामा १० प्रतिशत वार्षिक ब्याज दिने बैंकले जनाएको छ।

गण्डकी विकास बैंकको बोनस पारित

गण्डकी विकास बैंक लिमिटेडको १९.३१०६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको आइतबार बसेको १०औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।बैंकले आर्थिक वर्ष ०७३-७४ सम्मको सञ्चित नाफाबाट उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंक

नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु उत्रिएका छन्।

सिभिल बैंकद्वारा विद्यालयलाई कम्प्युटर

सिभिल बैंकले लमजुङको राइनासस्थित शिशु विद्याश्रम माध्यामिक विद्यालयलाई नौ थान कम्प्युटर वितरण गरेको छ । सिभिल बैंकको उक्त क्षेत्रका क्षेत्रीय प्रबन्धक दुर्गाराज पाण्डेयले विद्यालयका व्यवस्थापन सािमतिका अध्यक्ष शेरबहादुर अधिकारीलाई कम्प्युटर हस्तान्तरण गरेको जनाएको छ।

गरिमा र सूर्या लाइफबीच बैंकास्योरेन्स

गरिमा विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ।

हिमालयन बैंकद्वारा एचबिएल-दायित्व फेलोसिप अवार्ड प्रदान

हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान गरेको छ।

‘बैंक सञ्चालक हुनका लागि निश्चित मापदण्ड तयार गर्नुपर्छ’

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत एवं बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रपसाद ढुंगाना नेपालको आर्थिक अवस्थाको सूक्ष्म जानकारी राख्ने र सटिक विश्लेषण गर्ने बैंकर मानिन्छन् ।

प्राइम बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ

प्राइम कमर्सियल बैंकको स्वतन्त्र सञ्चालकमा डा. मंगला श्रेष्ठलाई नियुक्त गरिएको छ । बैंकको जेठ १३ गते बसेको सञ्चालक समिति बैंठकले उनलाई नियुक्त गरेको हो ।बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, पहिलो संशोधन २०७४ तथा बैंकको नियमावली बमोजिम श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको बैंकले जनाएको छ ।

गरिमा विकास बैंकको शाखा थपिए

गरिमा विकास बैंकले झापा र मोरङमा एकै दिन चार शाखा थपेको छ ।झापाको बिर्तामोड, बुधबारे र बनियानी र मोरङको विराटचोकमा शाखा खोलेको बैंकले जनाएको छ ।

गोटिखेलमा सनराइज बैंक

सनराइज बैंकले ललितपुरकोे महाँकाल गाउँपालिका वडा नम्बर ३, गोटिखेलमा नयाँ शाखा सञ्चालन गरेको छ । महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल र बैंकका नायब महाप्रबन्धक रबिन नेपालले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

प्रभु बैंकको दुई शाखा थपिए

प्रभु बैंकले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले इलाम जिल्लाको सन्दकपुर र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।

कलैयामा लक्ष्मी बैंक

लक्ष्मी बैंकले बाराको कलैयामा ५८ औं शाखा स्थापना गरेको छ । योसँगै लक्ष्मी बैंकको सञ्जाल ४३ जिल्लामा पुगेको छ । यसबाहेक तीनवटा अस्पताल काउन्टर, एक सय तीन एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स काउन्टर, ५१ शाखारहित बैंकिङ सेवा र चार सयभन्दा बढी मोबाइल एजेन्ट रहेको बैंकले जनाएको छ।

गरिमा विकास बैंकको दम्पती बचत खाता

गरिमा विकास बैंकले गरिमा दम्पती बचत खाता सञ्चालनमा ल्याएको छ । बुधबार झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त बचत योजना सुरु गरेको बैंकले जनाएको छ।

आइसिएफसीको बैंकिङ सेवा मोबाइलमा

आइसिएफसी फाइनान्स लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै आइसिएफसी मोबाइल बैंक सेवा मोबाइलमा सञ्चालन गरेको छ । उक्त सेवा ग्राहकले सहज रुपमा आफ्नो मोबाइलबाट प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममार्फत आइसिएफसी फाइनान्सको एप डाउनलोड गरी संस्थाको कुनै पनि शाखा कार्यालयमा रजिस्टर गरेर सेवा लिन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्