काठमाडौं– प्रभु बैंकले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले इलाम जिल्लाको सन्दकपुर र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।
बैंकले संघीय संरचना बमोजिम स्थानीय तहमा रहेका सेवाग्राहीलाई सरल र सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा सञ्चालन गरेको जनाएको छ ।सन्दकपुर शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले गरेका हुन् । त्यस्तै, मुखियापट्टी मुसहरिमिया शाखा कार्यालयको उद्घाटन मुखियापट्टी मुसहरमिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले गरेको बैंकले जनाएको छ ।
प्रकाशित: २४ जेष्ठ २०७५ ०२:५५ बिहीबार