१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

हाम्रो विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स

हाम्रो विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

ग्लोबल आइएमई बैंक र स्टार अस्पतालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र स्टार अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा, सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो।

एभरेस्ट बैंकद्वरा वृक्षरोपण

विश्व वातावरण दिवसको अवसरमा एभरेस्ट बैंकले काठमाडौं महानगरपालिका वडा नं ३ र पिडिएसएसको समन्वयमा लाजिम्पाटदेखि महाराजगन्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण गरेको छ।

सन्राइज बैंकद्वारा स्वास्थ्य बिमा रकम भुक्तानी

सन्राइज बैंक लिमिटेडले बचत खाताका ग्राहकको लागि सुरु गरेको स्वास्थ्य बिमा सुविधा अन्तर्गत भैंसीपाटी शाखाका ग्राहक राजेन्द्र महर्जनको उपचार खर्च बापत ८० हजार दुई सय ५६ रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका नायब महाप्रबन्धक रविन नेपालले उक्त रकम हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

जोरपाटीमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले सोमबार गोकर्णेश्वर नगरपालिका–७ माकलबारी गेटमा शाखा खोलेको छ ।१९९४ मा स्थापित मुलुककै पहिलो बैंकले पछिल्लो समयमा आफूलाई आधुनिक डिजिटल सेवामा लगेको छ ।

दार्चुलाकोे मार्मामा सन्राइज बैंक

सन्राइज बैंक लिमिटेडले दार्चुलाकोे मार्मा गाउँपालिकामा ८२औं शाखा स्थापना गरेको छ । दार्चुला जिल्ला समन्वय समितिका सदस्य पार्वती सिंह र बैंकका कर्पोरेट बैकिङ विभाग प्रमुख हरिप्रसाद आचार्यले शुक्रबार शाखाको संयुक्त रुपमा उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सिभिल बैंकद्वारा विद्यालयलाई बेन्च हस्तान्तरण

सिभिल बैंक लिमिटेडले झापाको दमकस्थित महालक्ष्मी आधारभूत विद्यालयलाई बेन्च हस्तान्तरण गरेको छ।

त्रिपुरासुन्दरी र रौतामाईमा मेगा बैंकको नयाँ शाखा

मेगा बैंक नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ।

धोबिनीमा एनआइसी बैंक

एनआइसी एसिया बैंकले पर्साको धोबिनी गाँउपालिका वडा नं ४, लंगडीमा नयाँ शाखा सञ्चालन गरेको छ। धोबिनी गाँउपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।

सानिमा बैंकको चार शाखा थपिए

सानिमा बैंकले चारवटा नयाँ शाखा एकैपटक सञ्चालन गरेको छ। बैंकले उदयपुरको गाइघाट, सप्तरीको राजविराज, इलामको माई र इलामबजारमा शाखा खोलेको हो।

चितवनको भण्डारामा जनता बैंक

जनता बैंक नेपालले चितवनको राप्ती नगरपालिका–५, भण्डारामा शाखा सञ्चालन गरेको छ । बैंकको यस शाखासँगै चितवनमा आठवटा शाखा कार्यालय पुगेको बैंकले जनाएको छ।यस शाखाबाट आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । देशभरीमा जनता बैंकको शाखा संख्या एक सय १६ पुगेको छ ।

त्रिवेणी गाँउपालिकामा नेपाल इन्भेस्टमेन्ट बैंक

नेपाल इन्भेस्टमेन्ट बैंकले रोल्पाको त्रिवेणी गाँउपालिकास्थित जुगारमा ७१औं शाखा सञ्चालन गरेको छ । प्रदेश नम्बर ५ स्थित त्रिवेणी गाउँपालिकाका स्थानीयलाई यो शाखाले वित्तीय कारोबार सहज बनाउने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको थप दुई शाखारहित

ग्लोबल आइएमई बैंकले दुईवटा जिल्लामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । लमजुङको क्ब्होलासोथार गाउँपालिका साल्मे र पर्वतको कुश्मा नगरपालिका खुर्कोट बगैंचामा शाखारहित बैकिङ सुरु गरेको बैंकले जनाएको छ।

सेञ्चुरी कमर्सियल बैंकको थप तीन शाखा

सेञ्चुरी कमर्सियल बैंकले थप तीन शाखा सञ्चालन गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका वडा नं १ नयाँ बजार र दाङको घोराही नगरपालिका सहिद गेटमा शाखा खोलेको बैंकले जनाएको छ।

ओम डेभलपमेन्ट बैंकमा गरिमा रेमिट

गरिमा विकास बैंक र ओम डेभलपमेन्ट बैंकबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्झौता भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्