१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

ग्लोबल आइएमई बैंक र इन्द्रप्रस्थ अपोलोबीच सम्झौता

ग्लोबल आइएमई बैंक र भारतस्थित इन्द्रप्रस्थ अपोलो अन्तर्राष्ट्रिय अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले उक्त अस्पतालमा उपचार गराउँदा आफ्ना ग्राहकलाई सहुलियत दिलाउने उद्देश्यले सम्झौता गरेको जनाएको छ।

लक्ष्मी बैंक र बिपी नेत्र प्रतिष्ठानबीच सम्झौता

लक्ष्मी बैंक, बिपी नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक–कान–घाँटी अस्पताल तथा पुनःस्थापना सेवाबीच कानको शल्यक्रिया शिविर सञ्चालन गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।पहिलो तीनदिने क्याम्प बाराको निजगढमा बुधबारसम्म हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रमिकको तलब सिधै बैंक खातामा

अबदेखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ। मन्त्रिपरिषद् बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो। उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई नगद दिँदा सम्झौता अनुसार पारिश्रमिक पाउन नसकेको गुनासो व्याप्त रहेको बेला सरकारले उक्त व्यवस्था गरेको हो।

रत्नचोकमा गण्डकी विकास बैंक

पोखराको रत्नचोकमा गण्डकी विकास बैकको शाखा सञ्चालन गरेको छ । एक कार्यक्रमकाबीच प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेको बैंकले जनाएको छ ।

सिभिल बैंकको हकप्रद लिलाममा अधिक आवेदन

सिभिल बैंकले संस्थापक समूहको आवेदन नपरेको २९ लाख ९२ हजार २१०.२५ कित्ता हकप्रद सेयर लिलाममार्फत बिक्री गर्न सिलबन्दी बोलपत्र माग गरेकामा कर्मचारी सञ्चय कोष र राष्ट्रिय बिमा कम्पनिको आवेदन परेको बैंकले जनाएको छ।

प्रत्येक व्यक्तिको हातमै बैंक

प्राविधिको क्षेत्रमा २२ वर्षको अनुभव भएका नारायण प्रकाश भुजु तीन वर्षदेखि माछापुच्छ्रे बैंकमा आवद्ध छन् र हाल उनी माछापुच्छ्रेमा प्रमुख डिजिटल बैंकिङ अधिकृतका रुपमा कार्यरत छन् । यसअघि कुमारी बैंकमा १३ वर्ष काम गरिसकेका भुजु नयाँ प्रविधिले बैंकका ग्राहकलाई सहज बनाएको र प्रविधिमा आधारित सेवाहरुको माग ग्राहकमा बढ्दै गएको बताउँछन् ।

नबिल बैंक र विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता

जोनडियर ट्याक्टरमा लगानीका लागि नबिल बैंक र विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता भएको छ । सम्झौतामा नबिल बैंकले जोनडियर ट्याक्टरमा ७५ प्रतिशत लगानी गर्ने उल्लेख छ ।बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्देशित गरिए बमोजिम कृषि कर्जा कार्यक्रमलाई प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेको हो।

सांग्रिला–सिद्घार्थ इन्स्योरेन्स बैंकास्योरेन्स सम्झौता

सांग्रिला विकास बैंक र सिद्घार्थ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सांग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् ।यो सम्झौताले बैंकका ग्राहकलाई उत्कृष्ट निर्जीवन बिमा सेवा पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रभु बैंकको १६औं सभा

प्रभु बैंक लिमिटेडको १६औं वार्षिक साधारण सभा भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा सभा भएको हो।

मुक्तिनाथ र महालक्ष्मी विकास बैंकमा गरिमा रेमिट

मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले गरिमा रेमिट सञ्चालनमा ल्याएका छन्।गरिमा रेमिट सञ्चालनका लागि गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र महालक्ष्मी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।मुक्तिनाथसँगको सम्झौतापत्रमा नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र मुक्तिनाथका सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेको गरिमाले जनाएको छ ।

एसियन लाइफ–कैलाश बैंकासुरेन्स सम्झौता

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ।

लक्ष्मी बैंकको दुई नयाँ शाखा

लक्ष्मी बैंकले सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालिकामा शाख सञ्चालनमा ल्याएकोे छ ।अब लक्ष्मीको शाखा संख्या ८४ पुगेको छ । यसबाहेक, तीन हस्पिटल सेवा काउन्टर, एक सय एटिएम, २५ सयभन्दा बढी रेमिट्यान्स काउन्टर, ५१ शाखारहित बैंकिङ सेवा रहेको बैंकले जनाएको छ ।आव ०७३÷७४ मा बैंकले ५९.३२ अर्ब निक्षेप र ५२.७३ अर्ब कर्जा पुर्याएको जनाएको छ । यस बैंकको वासलातको आकार ७०.९० अर्ब रहेको छ ।

जनता बैंकले पाँच शाखा थप्यो

जनता बैंकले एकै दिन ५ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार बैंकले देशका विभिन्न पाँच ठाउँमा शाखा खोलेर कारोबार सुरु गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्