काठमाडौं– जनता बैंकले एकै दिन ५ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार बैंकले देशका विभिन्न पाँच ठाउँमा शाखा खोलेर कारोबार सुरु गरेको जनाएको छ।
बैंकले सिराहाको गोलबजार, रसुवाको नौकुण्ड र कालिका, रामेछापको दोरम्बा र जुम्लाको तातोपानीबाट बैंकिङ कारोवार सुरु गरेको हो । बैंकले रसुवाको कालिकास्थानस्थित एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गरी शाखा बनाएको जानकारी दिएको छ । बैंकको कुल शाखा संख्या एक सय १५ पुगेको छ ।
प्रकाशित: १० जेष्ठ २०७५ ०३:४८ बिहीबार