१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ आह्वान

अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले दोस्रो ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ आह्वान गरेको छ। कलेजको सामाजिक सञ्जालमा सूचना सार्वजनिक गर्दै २० वर्षमुनिका उमेर समूहमा लक्षित यस प्रतिस्पर्धामा सहभागीले आगामी कात्तिक ५ भित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने जनाएको छ।

कलेजका प्रधानाध्यापक रामराजा दाहालका अनुसार फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्न यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको हो।

‘फिल्म सिर्जनात्मक विधा हो र युवाहरूको मस्तिष्क सिर्जनशील हुने भएकाले हामीले युवालक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरी उनीहरूलाई सहयोगसमेत गर्न पहल गरिएको हो’, उनले भने। उनले युवा फिल्ममेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने बताए।

प्रकाशित: १५ आश्विन २०८१ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App