९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

त्रिपुरासुन्दरी र रौतामाईमा मेगा बैंकको नयाँ शाखा

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ। 

गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र उदयपुरको रौतामाई गाउँपालिकाको मुर्कुचेमा नयाँ शाखा विस्तार गरेको हो। 

धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ। यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको शाखा विस्तार भइसकेको छ। उदयपुरमा भने पहिलोपटक शाखा विस्तार गरिएको हो। 

योसँगै मेगा बैंकको शाखा संख्या ९५ पुगेको छ। ८ वटा एक्सटेन्सन काउन्टर रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन्। 

बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले शाखा विस्तारलाई तीव्रता दिइरहेको छ। यो आर्थिक बर्षमा थप आधा दर्जन शाखा कार्यालयहरु खुल्ने मेगा बैंकले जनाएको छ। 

प्रकाशित: २० जेष्ठ २०७५ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App