११ कार्तिक २०८१ आइतबार
image/svg+xml

आन्दोलनले विद्यार्थी परीक्षाबाट वञ्चित

पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त ४२ निजी कलेजले विश्वविद्यालयको नियम विपरीत डिप्लस ग्रेडका तीन सय ९१ विद्यार्थी भर्ना गर्ने कलेजलाई कारबाही नभएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्।

अन्तरप्रदेश यु–१६ त्रिकेटको तयारी पूरा

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले बुधबारदेखि हुने मनमोहन मेमोरियल अन्तरप्रदेश यु–१६ त्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

आठौं एनएमबि बैंक हेरिटेज वाक सम्पन्न

एनएमबि बैंकले विश्व सम्पदा दिवसको उपलक्ष्यमा आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ। बैंकले विगतदेखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्त्व बुझाउनु तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ।

विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन आदेश

पोखरा विश्वविद्यालयका ४२ सम्बन्धन प्राप्त कलेजहरूले विश्वविद्यालयको नियमविपरीत भर्ना गरेका कारण परीक्षा दिनबाट वञ्चित विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। विश्वविद्यालय विद्यापरिषद्ले कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेका विद्यार्थीलाई मात्र स्नातक तह व्यवस्थापन संकायमा भर्ना गर्न निर्देशन दिएविपरीत सम्बन्धन प्राप्त कलेजहरुले ३ सय ९१ विद्यार्थीलाई भर्ना गरेका थिए। ती विद्यार्थी ‘डी प्लस’ ग्रेडका हुन्। विश्वविद्यालयले डी प्लस ग्रेडका विद्यार्थीको परीक्षा रजिष्ट्रेसन फाराम अस्वीकार गरेपछि उनीहरू परीक्षा दिनबाट वञ्चित भएका छन्।

नेपालले चाइल्ड विश्वकप क्रिकेट खेल्ने

नेपालले बेलायतको राजधानी लण्डनमा आयोजना हुने ‘स्ट्रीट चाइल्ड विश्वकप क्रिकेट प्रतियोगिता’ खेल्ने भएको छ। यही वैशाख १८ देखि २५ गतेसम्म हुने उक्त विश्वकपमा नेपालसहित भारत, बङ्गलादेश, मरिसस, ताञ्जानिया, वेष्टइन्डिज, जिम्बाबे, कङ्गो, बेलायतलगायतको सहभागिता रहने छ।

समयानुकूल अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालले बदलिँदो परिवेशअनुकूलको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल विश्व सम्बन्ध परिषद्ले बिहीबार आयोजना गरेको मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले नेपाललगायतका मुलुकले पञ्चशीलताको सिद्धान्तलाई पालना गरे पनि शक्तिशाली मुलुकले भने त्यसलाई उल्लंघन गरिरहेको आरोप लगाएका छन्।

विश्वप्रकाश भन्छन् : राजनीतिमा उमेरले कुनै प्रभाव पार्दैन (भिडियाे)

नागरिक नेटवर्कको कार्यक्रम नागरिक फ्रन्टलाइनमा प्रवक्ता शर्माले उमेरले कसैको योग्यता मापन नगर्ने बताए। ‘कपाल फुल्दैमा उसले नेतृत्व गर्न नसक्ने र कपाल कालो बनायो बन्दैमा उसले नेतृत्व गर्न सक्छ भन्ने मान्यता अन्त्य गर्नुपर्छ’, उनले भने, ‘पुस्ता हैन प्रवृत्तिको कुरा गर्नुपर्छ।’

जागरण अभियानबाट जागृत होला नेपाली काङ्ग्रेस?

जागरण अभियानबाट जागृत होला नेपाली काङ्ग्रेस? नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा नागरिक फ्रन्टलाइनमा श्रीराम पौडेल सँग ।

नौ महिनादेखि बन्द एएफयू

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) बन्द भएको नौ महिना नाघेको छ। आठवटा निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गर्दै एएफयूकै विद्यार्थी र प्राध्यापकले छुट्टाछुट्टै विरोध गरेका कारण गत असार २६ गतेदेखि सो विश्वविद्यालय बन्द भएको थियो।

विवाहमा भेदभाव प्रकरण संसद् प्रवेश

रूपन्देहीको शुद्धोदन गाउँपालिकामा दलित परिवारको विवाहमा समाजका अगुवाहरुले दक्षिणा दिएर भोजमा सहभागी नभएको घटनाका विषयमा प्रदेश ५ संसद्मा प्रश्न उठेको छ। मंगलबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै नेकपा रूपन्देहीका सांसद कमलादेवी विश्वकर्माले विवाहमा समाजकै अगुवाहरुले भोज नखाएर जातीय रूपमा भेदभाव र अपमान गरेको भन्दै सरकारको ध्यानआकर्षण गराइन्।

कर्णाली बदल्ने सूत्र

कर्णाली प्रदेशले मध्यपश्चिमाञ्चल विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरेर जडीबुटीमा थप अनुसन्धान गर्दै केमिकल र फर्मास्युटिकल कम्पनी खोल्ने योजना बनाउनुपर्छ। विश्वविद्यालयको सहभागिताबिना गरिने अनुसन्धानले परिणाम दिन सक्दैन। दिगो हुँदैन।

कोही नेपाली हताहत भएका छैनन्

आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा कोही नेपाली हताहत नभएको श्रीलंका स्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले बताएका छन्।

पाथीभरालाई विश्व सम्पदा सूचीमा समेट्न माग

३ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरलाई  विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने भएको छ।

कोही नेपाली हताहत भएका छैनन्

आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा कोहि नेपाली हताहत नभएको श्रीलंका स्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्