३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सेनाको ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु

घटनापछि आक्रोसित स्थानीयले नेपाली सेनाको ट्रक तोडफोड गरेका छन्। ट्रक आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले एक राउण्ड अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ।

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो।

कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो। अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो।

चट्याङबाट एक महिलाको मृत्यु

चट्याङ लागेर मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीकी एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान ८ बजेतिर आएको हावाहुरी र बर्षासँगै परेको चट्याङले ४३ वर्षीया सुकवती राजवंशीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राई बताए।

नारायणी अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिए।

भारतबाट फर्किएकी संक्रमित महिलाको मृत्यु

रोजगारीका लागि भारत गएकी ती महिला एक साता अघिमात्र घर फर्किएकी थिइन्। भारतको तीव्र रूपले कोरोना भाइरस फैलिन थालेपछि उनी घर फर्किएकी परिवारले जनाएका छन्। ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मृतक महिला शनिबार अस्पताल पुगेकी जिल्ला अस्पताल सल्लेका फोकल पर्सन इश्वर रावलले जनाए।

कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा नोबेल अस्पतालमा रहेकी महिलाको पिसिआर परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको थियो। कोरोना पुष्टि भए बुधबार दिउँसो नोबेलले उपचारका लागि कोसी अस्पताल पठाएको अस्पतालका निमित्त संयोजक एपोलो भगतले जानकारी दिए।

आगलागीबाट महिलाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन्।

अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु

अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेको छ।

प्रहरी हिरासतमा महिलाको मृत्यु

रौतहटको गरुडास्थित महिला तथा बालबालिका सेवा केन्द्रमा प्रहरी हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्