१२ मंसिर २०८१ बुधबार
image/svg+xml

हत्या आरोपमा चार जना पक्राउ

दार्चुला मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ ।

निर्मला हत्या प्रकरण, अनुसन्धानका लागि बविता र रोशनी पक्राउ

निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनको अनुसन्धान गर्न प्रहरीले बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ।

सहकर्मी सरकारमा, प्रकाण्डलाई मुद्दैमुद्दा

दुईपटक मन्त्री भइसकेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले यति बेला मुद्दामाथि मुद्दा खेपिरहेका छन्। उनका पूर्वसहकर्मीहरु रामबहादुर थापा (गृहमन्त्री), वर्षमान पुन (ऊर्जामन्त्री), मातृकाप्रसाद यादव (उद्योगमन्त्री) र चक्रपाणि खनाल (कृषि मन्त्री) सत्तामा भएका बेला सँगै युद्ध लडेका विश्वकर्मा हिरासतमा छन्।

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ।

वन्यजन्तुको आखेटोपहार सहित दुई पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले वन्यजन्तुको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ।व्यूरोले काठमाडाैंकाे टोखा नगरपालिका १० सामाखुशी चोकबाट आखेटोपहारसहित पक्राउ परेका उनीहरुलाई विहिवार सार्वजनिक गरेको हो।

कपाल काेर्न नमानेकी छाेरीकाे अामाकाे कुटाइले ज्यान गयाे

कुटपिट गरी छोरी मारेको अभियोगमा बिर्तामोड नगरपालिका ५ सुब्बा चोक बस्ने २७ वर्षीया हेमन्ता कुरुम्बाङ लिम्बुलाई प्रहरीले बुधवार पक्राउ गरेको छ।

मोटरसाइकल चोरी आरोपमा दुई पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं मातातिर्थ बस्ने गोरखा मसेल गाउँपालिका ३ घर भएका १९ वर्षीय रामबहादुर मगराती र गोरखा नगरपालिका ७ घर भएका २० वर्षीय ईश्वर श्रीमललाई प्रहरीले पक्राउ गरेको हो।

कर्तव्य ज्यान मुद्दाका अभियुक्त १९ बर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा अदालतले सजाय पाएर फरार रहेका एक व्यक्ति १९ बर्षपछि पक्राउ परेका छन्। याङवरक गाँउपालिका ५ का ५२ बर्षीय भगिश्वर तावालाई प्रहरी पक्राउ गरेको हो।

प्रधानमन्त्रीविरुद्ध फेसबुकमा लेख्ने पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फेसबुकबाट समाजमा भ्रमपूर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भक्तपुरको सूर्यविनायक ३ का ४४  वर्षीय होमनाथ सिग्देललाई मंगलबार बबरमहलबाट पक्राउ गरेको एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए।

जडिबुटी सहित चिनियाँ नागरिक पक्राउ

अवैध बनपैदावर सहित चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। ठमेलस्थित अन होटल संचालन गरी बस्ने ४५ वर्षीय चेन छ्याङलाई विभिन्न निषेधित जडिबुटीहरुको कारोबार गर्दै आएको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जवरजस्ती करणी गर्न खाेज्ने एक पक्राउ

आफ्नै लुगा सिउने पसलमा कार्यरत एक युवतीसँग जवरजस्ती यौन सम्बन्ध बनाउन खोज्ने सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर ५ का ५० वर्षीय जयलाल चौधरी रहेका छन्।

काठमाडाैंमा गुण्डागर्दी गर्ने समूह हतियारसहित पक्राउ

राजधानीको बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रमा गुण्डागर्दी गर्ने ७ जनाको समूहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङका २१ वर्षीय भुपेन्द्र राई, भोजपुरका २३ वर्षीय सनित राई, सोलुखुम्बुका २६ वर्षीय मिङ्मा शेर्पा, काभ्रेका ३५ वर्षीय राजु भण्डारी, भक्तपुरका १८ वर्षीय सुरेश श्रेष्ठ, चितवनका २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछापका २६ वर्षीय विमल भन्ने सुजन थापा मगर रहेका छन्।

निर्मला हत्या प्रकरण : २४ दिनपछि अभियुक्त पक्राउ

भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्त २५ औं दिनमा पक्राउ परेका छन्। स्थानीय युवक दिलिपसिंह बिष्टलाई प्रहरीले साेमवार पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्