१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विप्लव माओवादीका प्रवक्तालाई चन्दा मुद्दा, ७ करोड असुलेको दाबी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि प्रहरीले चन्दा असुली ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। ४९ वर्षीय विश्वकर्मा मंगलबार साँझ दक्षिणकाली १ चाल्नाखेलबाट पक्राउ परेका थिए।

लागूऔषध सहित एक पक्राउ

प्रहरीले ठूलो परिमाणकाे लागूऔषध सहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका १ दरहियाबाट बुधवार बिहान एक युवकलाई पक्राउ गरेको छ।

चन्द माओवादीका प्रवक्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन्। विश्वकर्मालाई दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ मंगलबार साँझ पक्राउ गरिएको प्रहरी प्रवक्ता शैलेस थापाले जानकारी दिए। उनीमाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

नक्कली पेस्तोलसहित दुई जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले लागुऔषध, नक्कली पेस्तोल र छुरीसहित दुई जनालाई पक्राउ गरेको छ।  परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लागुऔषध, नक्कली पेस्तोल र धारिलो हतियार छुरीसहित भक्तपुरका राजकुमार केसी र अनिश थापामगरलाई आइतबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

फरार ४ अभियुक्त पक्राउ

विभिन्न दुई अपराधिक घटनामा संलग्न भई फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय राज कुमार दुवाडी र  २४ वर्षीय नबिन श्रेष्ठलाई पक्राउ गरेको हो।

सुन बन्धकी राखेर मिटर व्याज असुल्ने व्यापारी पक्राउ

उदयपुरको बेलटार बजारका एक सुन व्यापारी सुन बन्धकी राखेर चर्को मिटर व्याज असुली गर्ने गरेको आरोपमा पक्राउ परेका छन्। सर्बसाधारणको सुन छोटो अवधिमा मिटर व्याजमा बन्धकी राख्ने र ताकेको अवधिमा नतिरे पच्ने गरेको आरोपमा उदयपुरको चौडण्डीगढी नगरपालिका ७ बेल्टार बजारका ४४ वर्षीय मणिराम श्रेष्ठ शुक्रबार पक्राउ परेका हुन्।

लागूऔषधसहित दुई जना पक्राउ

पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट शनिवार सशस्त्र प्रहरीकाे टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

घुससहित मालपोत प्रमुख पक्राउ

तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल रु २५ हजार घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियारको टोलीले आज दिउँसो सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो।

फरार अभियुक्त पक्राउ

बाह्र वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई राजविराज प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

सांसदलाई पेस्तोल ताकेको आशंकामा ७५ पक्राउ

प्रतिनिधिसभा सदस्य निरुदेवी पाललाई मंगलबार साँझ कञ्चटमा पेस्तोल ताकेको घटनामा अनुसन्धान गर्न काठमाडौं प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ।

राज्यमन्त्री शर्मालाई पक्राउ गर्न परमादेश

विभिन्न मुद्दामा संघीय प्रहरीसँग टकरावमा उत्रिएको प्रदेश सरकार र प्रहरीबीच एकपटक फेरि घम्साघम्सी पर्ने संकेत देखिएको छ ।

२ सय ३ किलो गाँजासहित ६ पक्राउ

प्रहरीले २ सय ३ किलो ७ सय २० ग्राम लागुऔषध गाँजासहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। सवारी साधनमा लुकाई छिपाई भारततर्फ लादै गरेको १ सय १५ किलो लागुऔषध गाँजासहित २ जना र भारतीय जिपबाट ८८ किलो ७ सय २० ग्राम गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गर्दै विहिवार सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्