१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

दुर्घटना कम गर्न ‘डमी’ ट्राफिक

कोरोना महामारीका कारण सडकमा खटिने ट्राफिक प्रहरी क्वारेन्टिनमा र आइसोलेसनमा बस्नुपर्दा दैनिक कार्यमा जनशक्ति अभाव भइरहेको छ। यस्तो अवस्थामा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ उपाय कार्यान्वयनमा ल्याएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका साथै दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका सडकमा ट्राफिक प्रहरी जस्तै देखिने २२ वटा ‘डमी’ बनाएर राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्