कमलविनायकमा ट्रिपरको ठक्करले स्कुटर चालकको मृत्यु
भक्तपुर नगरपालिका–४ कमलविनायकस्थित सडकमा ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका–४ कमलविनायकस्थित सडकमा ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
जिल्लाको सदरमुकाम मान्म नजिकै रहेको नरहरीनाथ गाउँपालिकाको कोटवाडा स्थित जितेघाट बसपार्क नजिकै विहीबार साँझ पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
भक्तपुर नगरपालिका कमल विनायकबाट व्यासीतर्फ आउँदै गरेको बा १ क ३५५९ नंकोे टिपरले व्यासीबाट कमल विनायकतर्फ जाँदै गरेको बा ८२ प ८४७३ नंको स्कुटरलाई विहीबार अपरान्ह ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
कोलम्बियाको मध्य क्षेत्रमा आएको बाढी पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीले बताएका छन्।
गएराति वर्षासँगै परेको चट्याङले तेह्रथुममा एक महिलाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन्।
बिपी राजमार्ग अन्तर्गत भद्रकालीको पिपलभञ्ज्याङमा बुधबार राती सुमो दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने आठ घाइते भएका छन् ।
उत्तरी भारतको हिमालयन क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।
मंगलबार अपहरान्न डोल्पामा गाडी दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ। घटनामा २ जना घाइते भएका छन्। ठुलीभेरी नगरपालिका वडा नं. ९ भित्तीबाट सदरमुकाम दुनै आउँदै गर्दा भे १ त १२५१ नं. को जीप दुर्घटना भएको हो।
मध्यपुरथिमि नगरपालिका गठ्ठाघर चोकमा गएराति एक ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ।
मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडीमा ट्रकको ठक्करबाट सोमबार एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
जिल्लाको पश्चिम खत्याड भेगको ह्याँग्लुमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ।
श्रीलङ्काको राजधानी कोलम्बोमा फोहोरमैला पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ।
यहाँका एक किशोरको मोवाईल चार्ज गर्दा विद्युतीय झट्का लागेर आईतबार निधन भएको छ। चार्जमा राखेको मोवाइल खेलाउँने क्रममा करेन्ट लागेर त्रियुगा नगरपालिका २ साविक जोगीदहमा १६ वर्षीय चित्रबहादुर बिकको निधन भएको प्रहरीले जनाएको छ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ।
अमेरिकाले बिहीबार अफ्गानिस्तानमा खसालेको शक्तिशाली ‘मदर अफ अल’ बमबाट मृत्यु हुने इस्लामिक स्टेट (आईएस) विद्रोहीको संख्या कम्तिमा ९४ पुगेको अधिकारीहरुले बताएका छन्।