coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नयाँ बसपार्कबाट निःशुल्क बस सेवा

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ।

नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’

दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ।

नयाँ बसपार्कमा घर फर्किनेको भीड, ६० हजारले गराए अग्रिम टिकट बुक

सरकारले दसैँँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको घुँइचो लागेको हो।

नयाँबसपार्कमा यात्रुको झोला तान्दा...

नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ।

नयाँ बसपार्कभित्र थपियो ५६ काउण्टर

काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन्।

आजदेखि उपत्यकाबाहिर जाने सवारी नयाँ बसपार्कबाट मात्र छुट्ने

आजबाट काठमाडाैं उपत्यका बाहिर जाने यात्रुवाहक सवारीसाधनहरु नयाँ बसपार्कबाट मात्र छुट्ने भएका छन्।

लुटिएका सामान फिर्ता गर्न महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंको नयाँ बसपार्कबाट लुटिएका व्यवसायीका सामान अविलम्व फिर्ता गराउन माग गरेको छ।

रात्रिबस नयाँबसपार्कमा मात्र पार्किङ

ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो।

नयाँ बसपार्कबाट दुई दिनमा १५ हजारले लिए अग्रिम टिकट

दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन्।

नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्ने

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुख्य गन्तव्यस्थलका रुपमा नयाँ बसपार्क विकास हुँदै गएकाले मर्यादित भएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे।

नगरपालिका रमिते हुँदा बसपार्क सुनसान

नगरपालिकाको मौनताका कारण अहिले जिल्ला प्रहरी कार्यालय नजिकको मुल सडकमा ठेलमठेल गाडी राखेर बसपार्क बनाएका छन्।

नयाँ बसपार्कबाट १७ हजारले लिए अग्रिम बस टिकट

गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको हो। यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन्।

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ। नेपालीको महान पर्व बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखा र लोत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका हुन्।

प्रहरीमाथि आक्रमण गर्ने पक्राउ

पक्राउ पर्नेमा धरान ४ का ३० वर्षीय बसन्त राई, धरान १५ का ३२ वर्षीय रेगन लिम्बु, धरान ५ का २४ वर्षीय बिक्रम राई, धरान ३ का २७ वर्षीय सिजन राई र धरान ४ का २६ वर्षीय कालु भन्ने सरोज लिम्बु रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्