६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

शैक्षिक भ्रमणमा गएका दुई बिद्यार्थीको डुबेर मृत्यु

खोलामा डुबेर खोटाङमा दुई बिद्यार्थीको मृत्यु भएको छ। साप्सुखोलामा पौडी खेल्नेक्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय एलिस बस्नेत र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको मृत्यु हो।

सुर्खेतमा आयुर्वेद शिक्षालय स्थापना गरिने

कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश आयुर्वेद अस्पताललाई शिक्षालयका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। वीरेन्द्रनगर–४ स्थित आयुर्वेद औषधालयमा रुरल फार्मेसीको आज उद्घाटन गर्दै उनले वैकल्पिक चिकित्सा पद्धतिलाई विस्तारका लागि शिक्षालय स्थापना गरिने बताए। मन्त्री रावलले आयुर्वेद क्षेत्रको विकास गर्न कर्णालीका बहुमूल्य जडीबुटीको उपयोग गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए ।

सबै महानगरपालिकामा महिला प्राविधिक शिक्षालय

महिलालाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिन देशका ६ वटै महानगरपालिकामा एक–एक वटा महिला बहुप्राविधिक शिक्षालय खोलिने भएको छ।

‘सबै स्थानीय तहमा प्राविधिक शिक्षालय’

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन्।

प्राविधिक शिक्षालयले गाउँले हर्षित

जिल्लाको साखेजुङ गाउँमा कृषि विषय पढाइ हुने पूर्वाञ्चलकै ठूलो प्राविधिक शिक्षालय सञ्चालनमा आउन लागेको छ । करिब १० करोड रुपैयाँ लगानीको ‘रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युट’ आउँदो वर्षभित्र सञ्चालन गर्ने लक्ष्य छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्